बुर्तिबाङ- नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेश कमिटीका अध्यक्ष रामजीप्रसाद शर्माले वामपन्थी आन्दोलनको रक्षा र विकास गर्न विद्रोह गर्नु परेको बताउनु भएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ढोरपाटन नगरपालिकाको नगर भेलालाई प्रमुख अतिथिको रूपमा संवोधन गर्दै शर्माले केपी ओलिको निरंकुशता र स्वेच्छाचारी प्रवृतिलाई पराजित गरेर कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्ने लक्ष्यका साथ नेकपा (एस) गठन भएको बताउनु भयो ।

नगर भेलाले हरिबहादुर घर्तिको अध्यक्षतामा उपाध्यक्ष बुद्धि पाध्या, महिला उपाध्यक्ष आशमाया बिक, सचिव डिलबहादुर बिक र उपसचिव होमबहादुर बिक रहेको ४१ सदस्यीय नगर कमिटी गठन गरेको छ । सदस्यहरूमा टिकाराम बिक, रूद्र कडेल, अरूणकुमार घर्ती मगर, बिन्दु बिक, विष्णु घर्ती मगर, नविन बिक, भिमकुमारी पुन घर्ती, राजु बिक, कमल श्रीपाली, मनबहादुर बिक, दिलिप बुढा मगर, डिलक्स बुढा मगर, विना बिक, रेम बुढा मगर, दिलिप घर्ती मगर, राजन श्रेष्ठ, हेमन्त घर्ती मगर, सोनु घर्ती मगर, भवेन्द्र बराल, तारादेवी घर्ती मगर, आशमला बिक, लालसिङ घर्ती मगर, मनु बुढा मगर, रूपलाल विक, महेन्द्र बुढा मगर लगायत रहेका छन् ।
त्यसै गरि भेलाले टिकाराम विकको अध्यक्षतामा ३७ सदस्यीय युवा संघ, ढोरपाटन नगर कमिटी गठन गरेको छ । उपाध्यक्षमा नर बहादुर घर्ती मगर, सचिव राजन बुढा मगर, सहसचिव नविना घर्ती मगर र ममिल सुनार, कोषाध्यक्षमा विष्णु बिक रहेका छन् ।
भेलाबाटै विष्णु विकको अध्यक्षतामा उपाध्यक्ष श्यामकुमारी बिक, सचिव तारादेवी घर्ती, सहसचिव लजिना बिक र कोषाध्यक्ष खिमी बिक रहेको २१ सदस्यीय अखिल नेपाल महिला संघ(समाजवादी) ढोनपा नगर कमिटी गठन गरेको छ ।
भेलाले भेलामा पार्टीका जिल्ला अध्यक्ष लालबहादुर थापा, प्रदेश कमिटी सदस्य गोविन्दराज गौतम, सीता शर्मा, जिल्ला सचिव भरत पुरी, जिल्ला कमिटी सदस्य नितु खड्का, युवा संघ, नेपाल बागलुङ जिल्ला सचिव दिपक पुन मगर, नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का केन्द्रीय सदस्य निलबहादुर पुन मगर, जनता समाजवादी पार्टीका ढोनपा इन्चार्ज गंगा घर्ती मगरले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।
कार्यक्रम पार्टीका नगर संयोजक हरिबहादुर घर्तिको अध्यक्षता, ढोनपा वडा नम्बर ९ का वडा कमिटी अध्यक्ष राजु वि.कको स्वागत र जिल्ला उपाध्यक्ष केशर छन्त्यालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।











