कुल जनसंख्याको सबैभन्दा धेरै मधेसमा, कम जनसंख्या गण्डकी प्रदेशमा

कुल जनसंख्याको सबैभन्दा धेरै मधेसमा, कम जनसंख्या गण्डकी प्रदेशमा
२०७८ माघ १२ गते बुधबार ०१:४५

नेपालको कुल जनसंख्याको सबैभन्दा धेरै जनसंख्याको बसोबास मधेस प्रदेशमा रहेको केन्द्रीय तथ्यांक विभागले जनाएको छ।  विभागले बुधबार राष्ट्रिय जनगणनाको प्रारम्भिक नतिजा सार्वजनिक गर्दै २ करोड ९१ लाख ९२ हजार ४८० जनसंख्यामध्ये सबैभन्दा...

नेपालको कुल जनसंख्याको सबैभन्दा धेरै जनसंख्याको बसोबास मधेस प्रदेशमा रहेको केन्द्रीय तथ्यांक विभागले जनाएको छ।  विभागले बुधबार राष्ट्रिय जनगणनाको प्रारम्भिक नतिजा सार्वजनिक गर्दै २ करोड ९१ लाख ९२ हजार ४८० जनसंख्यामध्ये सबैभन्दा धेरै मधेसमा बसोबास रहेको देखिएको हो।

यस्तै सबैभन्दा कम जनसंख्या गण्डकी प्रदेशमा छन् । यस्तै, यो १० वर्षमा प्रतिपरिवार जनसंख्यामा पनि गिरावट आएको छ । २०६८ सालमा नेपालमा एउटा परिवारमा ५ जना बस्थे । अहिले प्रतिपरिवार ४.३२ जना बस्न थालेका छन् ।

नेपालको कुल जनसंख्याको २१ प्रतिशत जनसंख्या मधेश प्रदेशमा बसोबास गर्ने गरेको विभागको तथ्यांकमा उल्लेख छ ।  यसपछि बागमती प्रदेशमा सबैभन्दा बढी जनसंख्या रहेको यो वर्षको जनगणनाले देखाएको छ । मधेश प्रदेशमा ६१ लाखभन्दा बढी, बागमतीमा ६० लाख जनसंख्या बसोबास गर्ने गरेको पाइएको छ ।

प्रकाशित मिति २०७८ माघ १२ गते बुधबार ०१:४५
प्रतिक्रिया दिनुहोस्