बागलुङको निसीखोलामा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु

बागलुङको निसीखोलामा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु
२०७८ फाल्गुण २६ गते बिहिबार ०२:३६

बागलुङ - जिल्लाको निसीखोला गाउँपालिकामा बिहिबार आज बिहान मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ध २ प १९२१ नम्बरको मोेटरसाईकल दुर्घटना हुँदा निसीखोला गाउँपालिका वडा नम्बर ३का ४२ बर्षीय देविराम खड्काको मृत्यु भएको जिल्ला...

बागलुङ – जिल्लाको निसीखोला गाउँपालिकामा बिहिबार आज बिहान मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

ध २ प १९२१ नम्बरको मोेटरसाईकल दुर्घटना हुँदा निसीखोला गाउँपालिका वडा नम्बर ३का ४२ बर्षीय देविराम खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका ईन्सपेक्टर विजय भण्डारीले जानकारी दिनुभयो । मृतक देविरामको घट्ना स्थलमै ज्यान गएको थियो ।

निसीखोलाको झिवाखोलादेखि याङम्याङ तर्फ जाने क्रममा गहतेरा खोला नजिक दुर्घटना भएको त्यहाँबाट स्थानियहरुले बताएका छन् ।  मोटरसाईकल सडकदेखि करिब ३ सय मिटर तल खसेको स्रोतको भनाई छ । खड्का फर्निचर व्यवसायी भएको बताईएको छ । दुर्घटना के कारण घट्यो भन्नेबारे खुल्न बाकीँ  रहेको छ ।

ईपरी न्यूज

प्रकाशित मिति २०७८ फाल्गुण २६ गते बिहिबार ०२:३६
प्रतिक्रिया दिनुहोस्