बागलुङ – जिल्लाको निसीखोला गाउँपालिकामा बिहिबार आज बिहान मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
ध २ प १९२१ नम्बरको मोेटरसाईकल दुर्घटना हुँदा निसीखोला गाउँपालिका वडा नम्बर ३का ४२ बर्षीय देविराम खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका ईन्सपेक्टर विजय भण्डारीले जानकारी दिनुभयो । मृतक देविरामको घट्ना स्थलमै ज्यान गएको थियो ।
निसीखोलाको झिवाखोलादेखि याङम्याङ तर्फ जाने क्रममा गहतेरा खोला नजिक दुर्घटना भएको त्यहाँबाट स्थानियहरुले बताएका छन् । मोटरसाईकल सडकदेखि करिब ३ सय मिटर तल खसेको स्रोतको भनाई छ । खड्का फर्निचर व्यवसायी भएको बताईएको छ । दुर्घटना के कारण घट्यो भन्नेबारे खुल्न बाकीँ रहेको छ ।
ईपरी न्यूज
प्रकाशित मिति २०७८ फाल्गुण २६ गते बिहिबार ०२:३६