स्थानीय तहकालागि बागलुङका गठबन्धन दलबीचको वार्ता अन्योलता तर्फ

स्थानीय तहकालागि बागलुङका गठबन्धन दलबीचको वार्ता अन्योलता तर्फ
२०७९ बैशाख ४ गते आईतबार ०८:०६

स्थानीय तह निर्वाचनका लागि बागलुङका पाँच दलबीचको गठबन्धन वार्ता अझै अन्योलमा परेको छ । गत दुई सातादेखि जिल्ला स्थित पाँच दलीय शीर्ष नेतृत्वबीचको बार्ता फलदायी नभएको उनीहरुले बताए ।केन्द्रमा रहेको सत्ता गठबन्धनमा रहेको दलहरु...

बाम गठबन्धनको गन्ध देखिएकाले निश्कर्षमा पुग्न नसकिएको काँग्रेसको भनाई

स्थानीय तह निर्वाचनका लागि बागलुङका पाँच दलबीचको गठबन्धन वार्ता अझै अन्योलमा परेको छ । गत दुई सातादेखि जिल्ला स्थित पाँच दलीय शीर्ष नेतृत्वबीचको बार्ता फलदायी नभएको उनीहरुले बताए ।केन्द्रमा रहेको सत्ता गठबन्धनमा रहेको दलहरु नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चा, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादीबीच भइरहेको छलफल ले तालमेलको निश्कर्ष निकाल्न नसकेको हो ।
नेपाली कांग्रेसले केन्द्रीय गठबन्धन तालमेलको आधार अनुसार ठूलो दलको ‘दम्भ’ देखाउँदै आएको र अन्य दलले पनि सोही अनुसार सम्मानजनक उपस्थिति खोजिरहेकाले वार्ता टुंगोमा पुग्न नसकेको वार्तामा सहभागी एक नेताले बताएका छन् । सबै सकिएको भन्ने होईन अझै वार्ता र सम्वाद हुन्छन् तर यही अवस्थामा निष्कर्षमा पुग्न नसकिने उनले बताए ।

काँग्रेसले ०७४ सालमा प्राप्त मतलाई आधार मानेर छलफल गर्ने मापदण्ड रहेको जिकिर गरेको छ । यस्तै गठबन्धन घटक राष्ट्रिय जनमोर्चा त्यसपछिको पार्टीको आधिकारिक समानुपातिक मतका आधारमा छलफल र निचोडमा पुग्नुपर्नेमा जोड दिएको छ । जनमोर्चाका अनुसार ढोरपाटन र जैमिनी नगरपालिकामा आफ्नो दावी रहने अडान राखेको छ । विगतको समानुपातिक मतका आधारमा दावी रहेको जनमोर्चाले जनाएको हो ।

जैमिनीमा झिनो मतले पराजय भएको जनमोर्चाले समानुपातिक मतलाई आधार मान्दा पहिलो पार्टि भनेर दाबी गर्दै आएको छ । तर कांग्रेसले स्थानीय तहको निर्वाचनमा मेयर जितेकाले दिन नसक्ने बताएपछि वार्ताले सार्थकता नपाएको बुझिएको छ । जिल्लामा गठवन्धको चुनावी तालमेल अझै अन्योलमा रहेका कारण बाम गठबन्धनको चर्चा समेत सुरुभएको छ । विगतको जस्तै मनमा ‘बाम’ र बाहिर नयाँ गठबन्धन भएकाले पनि वार्ताले गति लिन नसकेको काँग्रेस नेताहरुले बताएका छन् ।

बागलुङमा जैमिनी नगरपालिका, गलकोट नगरपालिका, निसीखोला गाउँपालिका र तमानखोला गाउँपालिका काँग्रेसले जितेको पालिका हो । २०७४ को आधारमा जहाँ जस्को छ, त्यहाँ त्यही पार्टिको दावी रहने केन्द्रको सर्कुलर अनुसार छलफल भइरहेको र गठबन्धनमा रहेका दलबाट ति स्थानमा समेत दावी रहेपछि वार्ता निष्कर्षमा नपुगेको बताइएको छ । काँग्रेको मेयर रहेको जैमिनीमा जनमोर्चाको दावी र काँग्रेसले नै जितेको गलकोटमा माओवादी केन्द्रको दावी भएपछि वार्ताले सही मोड लिन नसेको बताइएको छ ।

काँग्रेसले विगतमा आफूहरुले जितेको पालिका छाड्ने मानसिकतामा देखिन्न भने, काठेखोला गाउँपालिका, ढोरपाटन नगरपालिका, बडिगाड गाउँपालिका र बागलुङ नगरपालिकामा समेत दावी रहेको बताउँदै आएको छ । काँग्रेसले आफूले जितेको पनि नछाड्ने र अन्य स्थानमा समेत दावी गरेपछि वार्ता भाँडिएको वार्तामा सहभागी माओवादी नेताले बताएका छन् ।

प्रकाशित मिति २०७९ बैशाख ४ गते आईतबार ०८:०६
प्रतिक्रिया दिनुहोस्