निसीखोला गाउँपालिका वडा नं. २ मा पाँच दलीय गठबन्धनका उमेद्वार कुविर विश्वकर्मालाई स्वतन्त्र उमेदवार श्याम छन्त्यार भारी परेका छन् ।
यस अघिपनि वडा अध्यक्षको उमेद्वार रहेका विश्वकर्मा गठबन्धनमा माओवादी केन्द्रको भागबाट फेरि दोहोरिएर आएका हुन् ।
गठबनधनका तर्फबाट ६९९ मत ल्याएका विश्वकर्मालाई स्वतन्त्र उमेदवारले आच्छु आच्छु पारेका थिए ।
देविस्थानको बाहुनगाउँबाट स्वतन्त्र उमेदवार रहेका श्याम छन्त्यालले एक्लै ५४१ मत ल्याएका छन् । एमालेका उमेदवारले २१६ मत ल्याएका छन् ।
प्रकाशित मिति २०७९ जेठ १ गते आईतबार १२:१५