पाँच दलीय गठबन्धनले ढोरपाटन नगरपालिकाको निवर्तमान कार्यकाल सही नभएको टिप्पणी गर्दैै आएको छ । गठबन्धन दलका नेताहरुले नगरमा अनियमितताका कुरा सत्ता बाहिर हुँदा चर्का गरे। प्रमुख पद मा हार व्यहोरेको गठबन्धन, वडामा समेत पछारियो । आफ्ना योजना कार्यक्रमका कुरा रंगढगले उठाउन सकेन वडामा समेत बलियो भन्ने ठाउँहरु खुस्काउँदै गयो । नगरसभामा अहिले गठबन्धन दलको बहुमत छ । कानूनी ज्ञान कमजोर भएका प्रतिनिधिहरु योजना बनाउन नजानेकै देखियो । बाहिर देखाउने उल्फा कुरा नीति कार्यक्रममा होलान तर भित्री कुरा जस्ले गतिलो योजना भएन ।
नगरलाई समृद्ध बनाउने कुरा छ । कसरी भन्ने छैन । कृषिमा जोड दिने भन्छ कार्यक्रम के हो गर्भमै छ । पर्यटन प्रवर्धन र प्रचार प्रसार गर्ने भन्छ वजेटिङ छैन । सरोकारवालासँग छलफल गर्देन । आफै विज्ञ र जान्ने देख्ने नगरसभा सदस्यहरु कुनैदिन परामर्श सहयोगी खोज्दैन । त्यो अभ्यास कर्हीं देखिन्न । देखासिकी, जनतालाई शब्दजालको भ्रमले टार्ने गतिविधि अघिल्ला पटक धेरै भए । जनता समेट्ने र उनीहरुको सहभागीतामा वजेटिङ नगरिदासम्म त्यसको कार्यान्वयनमा जनता कसरी साथ दिन्छ । किन दिन्छ । कस्का लागि दिन्छ । कि जनप्रतिनिधिहरु माकिल हुन उनैले लगाएको गरि हाल्नु पर्दछ ?
यो आलोचना हो्ईन । ढंग नपुगेको कुरा चर्चामा छ । बहशमा छ । तर्कमा छ । के त्यसो गर्न नकिल्ने हो ? त्यसो भए नगरको समृद्धि ठेक्कामा पदने हाृला नी ? किन कि अर्को चुनावमा उसैलाई गाली गरौंला । नभए, ठेगाना नभएको चिठ्ठी हुलाकीको हातबाट कस्लाई वितरण गरे ठाउँमा पुग्छ । बताई पाउँ भन्ने जनतालाई के जवाफ छ ।नगरका समस्या सब जानाका छा्रैं भनेका होलान । खै त त्यसको प्रतिवेदन । समस्याको पहिचान कहाँ कसरी को-को बसेर गरियो ।
ढोरपाटन नगरपालिकाले आगामी आर्थिक वर्षका लागि करोड ४० लाखको बजेट वितरण गर्ने भनेको छ । राजश्व वितरण मात्र होईन । आर्जनका स्रोत पक्षसँग किन परामर्श भएन ? अरुको भए बर्षिका बुटा नाघ्नेहरु आफ्नो हातमा आएपछि कुन दुलामा जाकिएको हो । स्रोतवालाहरुको कुरा सुन्न हुँदैन ? परामर्श लिंदा ज्यान जान्छ ? सोध्नुस यो प्रश्न गर्नेहरु चोक चोक मा छन् । गति हेर्दैछन् । चार छ जना अघि राखेर चिच्याएको अलि अस्ति हो । के नयाँ के पुराना आखिर हालत उस्तै रहेछ भन्न किन दिएको ? बजेटमा कृषि, पर्यटन, स्वास्थ्य शिक्षा, रोजगार लगायतका विषयलाई जोड दिएको छ । सडकको सहज पहुँच, एकघर एक खानोपानी धारा निर्माण गरी खानेपानीको पहुँचलाई विस्ताँर गर्ने, गरीबी अन्त्य गर्न रोजगार मुलक तथा सिपमुलक र उत्पादनमुखि कार्यक्रमलाई प्राथमिकता, शिक्षालाई प्रविधिमैत्री उत्तरगंगा नमुना माविलाई व्यवस्थित ,सबै सामुदायिक विद्यालयमा व्यवस्थापन समिति गठन ,पर्यटन प्रर्वधन प्रचारप्रसार, आय आर्जनको सम्भावना खोजी,निसीभुजी जनता क्याम्पसलाई व्यवस्थापन यि सबै सार्वजनिक खपतका कुरा हुन कि बजेट सहितको व्यवस्थापन कार्यविधि, निती निर्माणका कुरामा पनि छलफल भएर जनतालाई ढाडस दिनुपर्ला ?
अझै सिलिङ बजेट आइनपुगेको कुरा छ । नगर कार्यपालिकामा बहुमतको एकातर्फ धक्कु छ । अकोतिर गठबन्धन दलले आफ्ना जनप्रतिनिधिहरुलाई त्यहाँ हालीमुहाली हाम्रो हुनपर्छ है भनेर खबरदारी गरकै छ । संबैधानिक व्यवस्थाले के भन्छ भन्ने चोकमा विरोधका ऐन, नियम र धाराहरु कुर्लनेहरुलाई नि हेक्का भइदिएको भए । स्थानीय तहमा प्रतिपक्षी रहँदैन वा त्यस्तो व्यवस्था नभए न्यूनतम जनताको आसा भरोसाको साझा र संयुक्त कार्यक्रममा जोड दिन किन नभनेको ? वडामा वडा अध्यक्ष अल्पमतमा भएपनि उसको सहमतिमा बहुमत पुर्याउनु पर्ने कानूनी आधार होईन र महोदय, अझैपनि लड्ने, भिड्ने, विरोध र आरोपका लागि आरोप लगाउने, अधिकार हातमा लिने बुख्याचा दिमाग थोत्रा भए ।
निर्माणको चेत सपिहत जिम्मेवार ढंगले विगतको बेथिति हो भनेपति ल्यसलाई सच्याउँदै अघि बढ्नुको विकल्प छैन । जनताले पनि चेक एण्ड व्यालेन्समा राखेर जनमत प्रदान गरेका छन् । समन्वय र समझदारी कार्यपालिकामा खोजिएको हुनुपर्दछ भने आम जनता, सरोकारवाला र स्थानीय बौद्धिक व्यत्तित्वहरुको राय सुझावका आधारमा काम गरे के विग्रन्छ र ? त्यसकारण औकातका विला वाँडा अलि अस्ति सकिएको छ । अव चाहिदैन । समझदारी, बुद्धिमता र विवेकले नगरको सही मार्गप्रसस्त गर्न जनताले दिएको जिम्मेवारी बोध होस् । नाजायज ढंगले जनताको खुन पसिनाबाट आर्जित बजेटको दुरुपयोन नहोस् ।










