पोखराका बिभिन्न ठाउँमा आज र भोलि बिजुली काटिदै

पोखराका बिभिन्न ठाउँमा आज र भोलि बिजुली काटिदै
२०८१ असोज २१ गते सोमबार ०८:३७

पोखरा असोज २१/ पोखराका विभिन्न ठाउँमा आज र भोलि (सोमबार र मंगलबार) दिउँसो १ देखि ४ बजेसम्म बिजुली बत्ति नआउने भएको छ । पोखरा ग्रिड महाशाखा अन्तर्गत कुँडहर १३२÷११ केभी सब स्टेसनमा रहेको ११ केभी बसबार तथा ब्रेकर प्यानलहरू मर्मत सम्भार...

पोखरा असोज २१/ पोखराका विभिन्न ठाउँमा आज र भोलि (सोमबार र मंगलबार) दिउँसो १ देखि ४ बजेसम्म बिजुली बत्ति नआउने भएको छ । पोखरा ग्रिड महाशाखा अन्तर्गत कुँडहर १३२÷११ केभी सब स्टेसनमा रहेको ११ केभी बसबार तथा ब्रेकर प्यानलहरू मर्मत सम्भार कार्यको लागि सो सब स्टेसन रहेको पावर ट्रान्सफर्मर बन्द गरी कार्य गर्नु पर्ने भएकाले ती ठाउँहरुमा लाइन नआउने नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द् मालेपाटनले जनाएको छ ।

जारी सूचनाका अनुसार आज सोमबार अन्तर्राष्ट्रिय विमानस्थल, विजयपुर, सिटी एरिया, गलेश्वर, टास्क हाइड्रो, तातोपानी, पोखरा औद्योगिक क्षेत्र, पुरानो विमानस्थल, फेवा फिड र वैदाम क्षेत्रमा दिउँसो १ देखि दिउँसो ४ बजेसम्म बिजुली आउने छैन ।यसैगरी भोलि मंगलबार सेती इन्कमर, फेवा इन्कमर, आर्वा, सराङकोट, सहिदचोक, न्युरोड र रामबजार क्षेत्रमा बिजुली आउने छैन ।
जारी सुचना

प्रकाशित मिति २०८१ असोज २१ गते सोमबार ०८:३७
प्रतिक्रिया दिनुहोस्