मुख्यमन्त्री पोखरेलले असार ४ गते विश्वासको मत लिने

मुख्यमन्त्री पोखरेलले असार ४ गते विश्वासको मत लिने
२०७८ असार २ गते बुधबार ०८:२५

गण्डकीमा नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले संसद सचिवालयमा विश्वासको मतका लागि बुधवार सूचना दर्ता गराएका छन् । संविधानको धारा १६८ (५) अनुसार शनिवार मुख्यमन्त्रीमा नियुक्त भएका पोखरेलले ३० दिनभित्र विश्वासको...

गण्डकीमा नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले संसद सचिवालयमा विश्वासको मतका लागि बुधवार सूचना दर्ता गराएका छन् ।

संविधानको धारा १६८ (५) अनुसार शनिवार मुख्यमन्त्रीमा नियुक्त भएका पोखरेलले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक ब्यवस्था छ । विश्वासको मत लिनुभन्दा दुई दिन अघि संसदलाई सरकारले जानकारी गराउनुपर्ने ब्यवस्था छ ।

बजेट लगायतका काम र मन्त्रालय विभाजनमा समेत अन्योल भएपछि विश्वासको मत लिन लागिएको मन्त्री तथा सरकारका प्रवक्ता कुमार खड्काले जानकारी दिए । सरकारले विश्वासको मत लिएपछि मात्रै मन्त्रीहरुको कार्यविभाजन र मन्त्रीपरिषद् विस्तार गर्ने भएको छ । अहिले ५ मन्त्री मात्रै नियुक्त भएका छन् । बाँकी मन्त्री नियुक्तीका लागि राजनीतिक पार्टीभित्र छलफल चलिरहेको छ । गण्डकीमा ११ मन्त्रालय छन ।

विश्वासको मत लिन अघि सरकारले नीति तथा कार्यक्रम पारित गरेको छ भने मंगलवार संसदमा बजेट पेस गरेको छ ।

प्रकाशित मिति २०७८ असार २ गते बुधबार ०८:२५
प्रतिक्रिया दिनुहोस्