पूर्व सांसद पोल्देन छोपाङको पहलमा मनाङ उद्धार

पूर्व सांसद पोल्देन छोपाङको पहलमा मनाङ उद्धार
२०७८ असार ३ गते बिहिबार ०८:१८

विघटित प्रतिनिधि सभा सदस्य पोल्देन छोपाङ गुरुङको पहलमा मनाङमा उद्धार गरिएको छ । बाढी पहिरोले विस्थापित भएर बसेका तालगाउँका बासिन्दालाई धारापानी उद्धार गरी धारापानी लगिएको छोपाङले बताउनुभयो । आज बिहानै छोपाङ हेलिकप्टर लिएर...

विघटित प्रतिनिधि सभा सदस्य पोल्देन छोपाङ गुरुङको पहलमा मनाङमा उद्धार गरिएको छ । बाढी पहिरोले विस्थापित भएर बसेका तालगाउँका बासिन्दालाई धारापानी उद्धार गरी धारापानी लगिएको छोपाङले बताउनुभयो ।

आज बिहानै छोपाङ हेलिकप्टर लिएर मनाङ पुग्नुभएको थियो । यस्तै चामेमा खानेपानीको अभाव भएपछि पूर्व सांसद गुरुङले निजी हेलिकोप्टर मार्फत पानी लैजानुभएको थियो। साथै फु गाउँमा समेत एकजना वेपत्ता भएको भनिएपछि त्यहाँको अवस्था पनि बुझेर उहाँ फर्कनुभएको छ ।

मनाङ सेवा समिति, मनाङ मस्र्याङ्दी क्लब लगायतको सहयोगमा छोपाङले सहयोग गर्नुभएको छ ।

प्रकाशित मिति २०७८ असार ३ गते बिहिबार ०८:१८
प्रतिक्रिया दिनुहोस्