काठमाडौँबाट २० करोड नगदसहित एक जना पक्राउ

काठमाडौँबाट २० करोड नगदसहित एक जना पक्राउ
२०८१ चैत ४ गते मङ्गलबार १२:४२

प्रहरीले काठमाडौँमा २० करोडभन्दा बढी रकमसहित एकजनालाई पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले टोखा नगरपालिका-१ झोर क्षेत्रबाट उक्त रकमसहित गएराति एक जनालाई पक्राउ गरेको हो। कार्यालयका प्रमुख...

प्रहरीले काठमाडौँमा २० करोडभन्दा बढी रकमसहित एकजनालाई पक्राउ गरेको छ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले टोखा नगरपालिका-१ झोर क्षेत्रबाट उक्त रकमसहित गएराति एक जनालाई पक्राउ गरेको हो।

कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक रमेश बस्नेतका अनुसार पक्राउ परेका व्यक्तिबाट उक्त परिमाणमा रकम बरामद गरिएको हो।

ना१ख १६५२ नम्बरको ट्रकबाट नेपाली रुपैयाँ, अमेरिकी डलर, युरोलगायत विभिन्न मुलुकका मुद्रा बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति २०८१ चैत ४ गते मङ्गलबार १२:४२
प्रतिक्रिया दिनुहोस्