पोखराको पृथ्वीनारायण क्याम्पसमा स्ववियु निर्वाचन प्रक्रिया स्थगित गरिएको छ ।
यस क्याम्पसमा आज चुनाव हुन् नसकेपछि भोली बिहान गर्ने तयारी भएको थियो । २०८१ चैत्र ६ गते विहान ८ वजेदेखि वेलुका ४ वजेसम्म स्व.वि.यु. निर्वाचन गर्ने भनी स्ववियु निर्वाचन समिति पृ. ना. क्याम्पसवाट सूचना प्रकाशित गरिएको हो ।
आज सांझ ७ बजे स्ववियु निर्वाचन कार्यालयमा संयुक्त प्यानलसहित अखिल छैठौं र नयाँ शक्ति विद्यार्थी युनियनले तालावन्दी गरेका कारण भोलिको निर्वाचन प्रक्रियालाई अगाडि वढाउन बाधा उत्पन्न भएको हुनाले सर्वपक्षीय छलफलद्वारा स्ववियु निर्वाचनको मिति तय गर्ने गरी अर्को सूचना प्रकाशित नभएसम्मका लागि भोलि हुने भनिएकी स्ववियु निर्वाचन प्रक्रिया स्थगित गरिएको छ ।
प्रकाशित मिति २०८१ चैत ४ गते मङ्गलबार ०९:१६