पृथ्वीनारायण क्याम्पसको स्ववियुमा २३ औं पटक निरन्तर एमाले अखिल

पृथ्वीनारायण क्याम्पसको स्ववियुमा २३ औं पटक निरन्तर एमाले अखिल
२०८१ चैत ११ गते मङ्गलबार ०९:२३

मुलुकको सबैभन्दा ठुलो र धेरै बिद्यार्थी पढ्ने ठानिएको पोखराको पृथ्वी नारायण क्याम्पस स्वतन्त्र बिद्यार्थी युनियन चुनाबमा एमाले निकट अनेरास्ववियुले २३ औं पटक आफ्नो झण्डा गाड्न सफल भएको छ। उक्त क्याम्पसमा स्वतन्त्र बिद्यार्थी...

मुलुकको सबैभन्दा ठुलो र धेरै बिद्यार्थी पढ्ने ठानिएको पोखराको पृथ्वी नारायण क्याम्पस स्वतन्त्र बिद्यार्थी युनियन चुनाबमा एमाले निकट अनेरास्ववियुले २३ औं पटक आफ्नो झण्डा गाड्न सफल भएको छ।

उक्त क्याम्पसमा स्वतन्त्र बिद्यार्थी युनियन गठन भएदेखि यता निरन्तर रुपमा अनेरास्ववियुले स्वतन्त्र बिद्यार्थी युनियनको चुनाब निरन्तर रुपमा जित्दै आएको छ।

मंगलबार बिहान मतगणना सकिने लाग्दा अनेरास्ववियुका उम्मेदवारहरु फराकिलो मतान्तरमा अग्रता कायम गरिरहेका छन्।
अध्यक्षका उम्मेदवार विष्णु पोखरेलले यही अन्तर कायम गर्न सके चुनाव जित्ने निश्चितप्रायः छ ।

उनले सोमबार मध्यान्हेदेखि सुरु गणनामा सुरुआतदेखि नै अग्रता कायम गरेका हुन् । अनेरास्ववियुले सचिव र कोषाध्यक्षमा पनि फराकिलो अग्रता कायमै राखेको छ ।
पृथ्वीनारायण क्याम्पस स्ववियु निर्वाचन गत ५ चैतमा स्थगित भएको मतदान आइतबारमात्र भएको हो ।

जसमा एकतिहाइ अर्थात् ३१ दशमलब २५ प्रतिशत मात्र मत खसेको छ । सबैभन्दा धेरै मतदाता रहेको यो क्याम्पसमा कुल ९ हजार २ सय ७० मतदाता विद्यार्थीमध्ये २ हजार ८ सय ९७ जनाले मतदान प्रक्रियामा भाग लिएका थिए ।

अनेरास्ववियुको बर्चश्व रहँदै आएको यो क्याम्पसमा २०६५ सालयता चुनाव हुन सकेको थिएन ।

प्रकाशित मिति २०८१ चैत ११ गते मङ्गलबार ०९:२३
प्रतिक्रिया दिनुहोस्