सुनको मूल्य हालसम्मकै उच्च, हेर्नुहोस कतिमा भइरहेको छ कारोबार ?

सुनको मूल्य हालसम्मकै उच्च, हेर्नुहोस कतिमा भइरहेको छ कारोबार ?
२०८१ चैत १४ गते शुक्रबार १२:५३

सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । बिहीबार प्रतितोला एक लाख ७४ हजार आठ सय रुपैयाँमा कारोबार भएको सुन आज एक हजार चार सय बढेर तोलामा एक लाख ७६ हजार दुई सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।...

सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।

बिहीबार प्रतितोला एक लाख ७४ हजार आठ सय रुपैयाँमा कारोबार भएको सुन आज एक हजार चार सय बढेर तोलामा एक लाख ७६ हजार दुई सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार ७३ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ । त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला २० बढेर दुई हजार ४० रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति २०८१ चैत १४ गते शुक्रबार १२:५३
प्रतिक्रिया दिनुहोस्