नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वराजा ज्ञानेन्द्र शाहले फेरि अर्को गल्ती गरेमा भोग्न बाँकी केही नरहने बताएका छन्।
समाजवादी मोर्चाले गरेको प्रदर्शनपछि काठमाडौँको भृकुटीमण्डपमा भएको आमसभालाई सम्वोधन गर्दै उनले पूर्वराजा शाह फेरि राजतन्त्र फर्काउन गरी गतिविधि गरिरहेको र त्यो अर्को गल्ती हुने प्रचण्डको भनाइ छ।
पहिलो गल्तीस्वरुपमा निरङ्कु शासन लादेकाले राजतन्त्र अन्त्य भएको र अर्को गल्ती भएमा भोग्न पनि बाँकी केही नरहने पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डको चेतावनी छ। उनले राजतन्त्र इतिहास भइसकेको र अब इतिहासलाई पछाडि फर्किने दुस्साहस गरिए जनताले त्यसलाई परास्त गर्ने बताए।
‘पूर्वराजा फर्किने खोजे त्यो अर्को गल्ती हुनेछ र पूर्वराजाले भोग्ने बाँकी केही रहने छैन,’ उनले भने, ‘युद्ध र आन्दोलनबाट खारिएका जनताहरू, सामन्ती सत्ताबाट दमनमा परेका नेपाली जनता, दलित, महिलाहरू, मधेशीहरू, आधिवासी जनताजातिहरू प्रतिवादीमा उत्रनेछन्।’
प्रचण्डले आफूहरूले केही गल्ती गरेकै कारण जनतामा निराशा बढेको र गल्तीबाट आत्मसमीक्षा गरेर आफूहरू सच्चिएर जनतामा फर्किएको बताए।










