कोटेश्वरस्थित जडीबुटी उद्योग कम्पनीमा राजावादीले लगाए आगो

कोटेश्वरस्थित जडीबुटी उद्योग कम्पनीमा राजावादीले लगाए आगो
२०८१ चैत १४ गते शुक्रबार ०६:०९

कोटेश्वरमा रहेको जडीबुटी उद्योगमा राजावादी आन्दोलनकारीले आगो लगाएका छन् । बिहानैदेखि अराजक बन्दै गएका राजावादी आन्दोलनकारीहरूले जडीबुटी उद्योगमा पनि आगजनी गरेका हुन् । राजावादी आन्दोलनकारीले गरेको आगजनीबाट उद्योग परिसरमा...

कोटेश्वरमा रहेको जडीबुटी उद्योगमा राजावादी आन्दोलनकारीले आगो लगाएका छन् ।

बिहानैदेखि अराजक बन्दै गएका राजावादी आन्दोलनकारीहरूले जडीबुटी उद्योगमा पनि आगजनी गरेका हुन् ।

राजावादी आन्दोलनकारीले गरेको आगजनीबाट उद्योग परिसरमा रहेका आधा दर्जन बढी सवारी साधन जलेका छन् । उद्योगमा लागेको आगलागी अहिलेसम्म नियन्त्रणमा आइसकेको छैन ।

प्रकाशित मिति २०८१ चैत १४ गते शुक्रबार ०६:०९
प्रतिक्रिया दिनुहोस्