समावेशी पैरवी समुहलाई क्षमता अभिवृद्धी तालिम

समावेशी पैरवी समुहलाई क्षमता अभिवृद्धी तालिम
२०८१ चैत १७ गते सोमबार ०२:२१

पोखरा चैत १८/ कोशिश परियोजना अन्तरर्गत पोखरामा रहेको समावेशी पैरवी समुहलाई २ दिने क्षमता अभिबृद्धी तालिम प्रदान गरिएको छ । गएको चैत १४ र १५ गते पोखरामा सञ्चालन भएको तालिममा समुहमा आबद्ध शिक्षक, आमा समुहका प्रतिनिधि, अपाङ्गता महासंघका...

पोखरा चैत १८/ कोशिश परियोजना अन्तरर्गत पोखरामा रहेको समावेशी पैरवी समुहलाई २ दिने क्षमता अभिबृद्धी तालिम प्रदान गरिएको छ । गएको चैत १४ र १५ गते पोखरामा सञ्चालन भएको तालिममा समुहमा आबद्ध शिक्षक, आमा समुहका प्रतिनिधि, अपाङ्गता महासंघका प्रतिनिधि,मनोसामाजिक अपाङगता भएका ब्यक्ति, कोशिश कास्कीका प्रतिनिधि,मानवअधिकारकर्मी,पत्रकार लगाएत गरि १५ जानाको सहभागिता रहेको थियोे ।

कार्यक्रममा बोल्दै कोशिशका परियोजना व्यवस्थापक बिनोद शाहाले सस्थाको उद्धेश्यको बारेमा बताए । उनले १० प्रकारका अपाङ्गताको हक अधिकारको पैरवी गर्न समुह गठन गरिएको जनाए ।पोखरा महानगरपालिका सामाजिक बिकास महाशाखाका बरिष्ठ सामाजिक बिकास अधिकृत प्रशिक्षक अर्जुन न्यौपानेले अपाङ्गताको परिचयपत्र र त्यस्को महत्वको बारेमा बताए । उनले स्थानिय तहको बजेट तर्जुमा हुने ७ ओटा चरणको बारेमा ब्याख्या गरे ।कोशिशका सल्लाहाकार सञ्जयकुमार न्यौपानेले अपाङ्गताको परिभाषालाई प्रस्ट पारे ।उनले अपाङ्गता भएका ब्यक्तिहरुको अधिकार सम्बन्धी ऐनमा रहेका सकारात्मक पक्षहरुको बारेमा बताए ।कोशिशकी परार्मशकर्ता सम्झना पौडेलले मानसिक स्वास्थ्यको बारेमा बताइन् यस्तै कोशिशका मनोविद् बिजय राईले अपाङ्गताको समावेशिकरणको अवधारणाको बारेमा प्रस्ट परेका थिए । कार्यक्रममा अष्ट्रेलियस एड, कोशिश, सिबिएम,पोखरा महानगरपालिकाको सहयोगमा भएको हो ।

प्रकाशित मिति २०८१ चैत १७ गते सोमबार ०२:२१
प्रतिक्रिया दिनुहोस्