पोखराको पिएन क्याम्पसमा टुङगियो समानुपातिक सदस्यको नाम

पोखराको पिएन क्याम्पसमा टुङगियो समानुपातिक सदस्यको  नाम
२०८१ चैत १९ गते बुधबार १०:२७

पोखरा चैत २० स्वतन्त्र विद्यार्थी युनियन पृथ्वीनारायण क्याम्पसको समानुपातिक सदस्यहरुको टुंगो लागेको छ । चैत १० गते भएको स्ववियु निर्वाचनको मतपरिणाम अनुसार अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन ९अनेरास्ववियु० बाट ४, नेपाल...

पोखरा चैत २०
स्वतन्त्र विद्यार्थी युनियन पृथ्वीनारायण क्याम्पसको समानुपातिक सदस्यहरुको टुंगो लागेको छ । चैत १० गते भएको स्ववियु निर्वाचनको मतपरिणाम अनुसार अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन ९अनेरास्ववियु० बाट ४, नेपाल विद्यार्थी संघ ९नेविसंघ० बाट ३, अखिल क्रान्तिकारी, अनेरास्ववियू र प्राज्ञिक विद्यार्थी परिषद्का १र१ जना सदस्य निर्वाचित भएका हुन् ।

जसअनुसार अनेरास्ववियुबाट विक्रम क्षेत्री, सविना शर्मा, सौगात गिरी र सुशान्त अधिकारी समानुपातिक सदस्य बनेका छन् । नेविसंघबाट विवेक तिमिल्सिना, मानवराज बराल र नम्रता अधिकारी स्ववियु सदस्य बनेको क्याम्पसले जारी गरेको सुचनामा उल्लेख रहेको छ ।

अखिल क्रान्तिकारीबाट मनिष तामाङ, अनेरास्ववियूबाट भुवनेश्वर तिवारी र प्राज्ञिकबाट सन्तोष शर्मा पौडेल सदस्य बनेको सुचनामा उल्लेख छ ।

प्रकाशित मिति २०८१ चैत १९ गते बुधबार १०:२७
प्रतिक्रिया दिनुहोस्