सुनको मूल्यमा आज पनि ‘नयाँ रेकर्ड’, तोलाको १ लाख ८० हजार नाघ्यो

सुनको मूल्यमा आज पनि ‘नयाँ रेकर्ड’, तोलाको १ लाख ८० हजार नाघ्यो
२०८१ चैत २० गते बिहिबार १२:३१

स्थानीय बजारमा सुनको मूल्यले प्रतितोला १ लाख ८० हजारको आँकडा पार गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य १२ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ८० हजार ३ सय रुपैयाँ पुगेको हो । यो मूल्य...

स्थानीय बजारमा सुनको मूल्यले प्रतितोला १ लाख ८० हजारको आँकडा पार गरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य १२ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ८० हजार ३ सय रुपैयाँ पुगेको हो । यो मूल्य हालसम्मकै उच्च हो ।

महासंघका अनुसार आज चाँदीको मूल्य भने घटेको छ । चाँदीको मूल्य आज २५ रुपैयाँले घट्दै प्रतितोला १ हजार ९९५ रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति २०८१ चैत २० गते बिहिबार १२:३१
प्रतिक्रिया दिनुहोस्