ढोरपाटन नगरपालिकाका शिक्षा शाखा प्रमुख धनप्रसाद पोखरेल विदाई हुनुभएको छ ।
नगरपालिकाका नगर प्रमुख, उपप्रमुख वडा अध्यक्ष तथा कार्यरत कर्मचारीहरुको रोहबरमा आयोजना गरिएको कार्यक्रममा विदाई हुनुभएका पोखरेललाई अविर खादा लगाई एको थियो ।
२०७४ साल चैतमा ढोरपाटन नगरपालिकामा आउनुभएका पोखरेलले करिव ३ वर्ष प्रमुख प्रशासकीय अधिकृतका रुपमा कार्यरत रहनुभएको थियो । २०७७ भदौदेखि नगरपालिकामा डिल्लीराम भट्टराई प्रमुख प्रशासकीय अधिकृत (उप-सचिवको) दरवन्दीमा आएपछि, निमित्तको जिम्मेवारीमा रहनुभएका पोखरेल नगरको शिक्षा शाखा प्रमुखका रुपमा कार्यरत रहनुभयो ।
हाल उप-सचिवकै रुपमा नगर शिक्षा शाखा रहनुभएका पोखरेलले आफ्नो जिम्मेवारी लिएर कामगर्दै आइरहनुभएको थियो । अहिले बागलुङ नगरपालिकामा सरुवा हुनुभएका उहाँलाई नगरपालिकाले रमना दिएपछि विदाई गरिएको हो ।
नगरपालिकामा आयोजना गरिएको विदाई कार्यक्रममा पोखरेलले वहन गरेको जिम्मेवारीको नगर प्रमुख देवकुमार नेपालीले प्रशंसा गर्दै, आगामी दिनमा समेत सहकार्य रहने बताउनुभयो । कार्यक्रममा नगरका जनप्रतिनिधि विद्यालयका प्रअ तथा नगरपालिकाको कार्यालयमा कार्यरत कर्मचारीहरुले विदाई गरेका थिए ।










