पोखरा चैत २८/ पोखरा २८ स्याङखुदीमा रहेको भुर्तेल आधारभुत बिद्यालयमा सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ । आउदो चैत्र ३० गते शनिवार हुने कार्यक्रममा ईश्वरकृष्ण महाराजले धार्मिक तथा शैक्षिक प्रवचन गर्ने छन् भने उक्त दिन बिद्यालयले आफ्नो बार्षिक उत्सव समेत मनाउने तयारी गरेको बिद्यालयले जनाएको छ ।
२०२० सालमा स्थापना भएको बिद्यालयको शैक्षिक उन्नयनका कार्यक्रम आयोजन गरिएको बिद्यालयका प्रधानाध्यापक लक्ष्मी प्रसाद भुर्तेलले बताए । बिद्यालयको हालको अवस्था निकै चुनौतीपुर्ण रहेको छ,बिद्यालयमा बिध्यार्थी अभिभावकको कारण साथै समयानुकुल शैक्षिक वातावरण सृजना हुन नपुगेको हो कि भन्ने जनगुनासो ले बिद्यालय मर्ज हुने अवस्थामा पुगेको थियो तर वडा कार्यलयको पहल र स्थानीयको सक्रियतामा बिध्यालयलाई स्याङ्गखुदी स्तान्तरण गरि मर्ज हुन बाट बचेको भुर्तेलले भने । छलफल कार्यक्रमले बिद्यालयको समग्र शैक्षिक एबम् भौतिक बिकासमा सहयोग पुग्ने बिद्यालयले जनाएको ।










