विश्वकै कान्छि भागवत वाचिका बालविदुषी अनुराधा पाण्डेयले श्री गण्डकी कोटिहोम महायज्ञमा चैत्र २९ गते बाट कथा प्रवचन सुरु गर्दै हुनुहुन्छ ।
पोखरा महानगरपालिका वार्ड नं. १७ बिरौटामा सञ्चालन हुन लागेको ऐतिहासिक श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञको तयारी अन्तिम चरणमा पुगेको छ ।
२०८२ साल बैशाख १७ गतेदेखि सञ्चालन हुने कोटिहोम महायज्ञको प्रचारप्रसार स्वरुप चैत्र २९ गते बाट नै कथा प्रवचन हुने भएको छ । यस कोटिहोम महायज्ञमा पहिलो कथा प्रवचनका लागि विश्वकै कान्छि भागवत वाचिका अनुराधा पाण्डेय आज भारतबाट नेपाल आइसकेकी छन् । बालविदूषी अनुराधा पाण्डेयले कोटिहोम महायज्ञमा चैत्र २९ गतेबाट कथा प्रवचन सुरु भएको आयोजक मानव सेवा फाउण्डेसन नेपाल कास्की शाखाले जानकारी दिएको छ ।
प्रकाशित मिति २०८१ चैत २७ गते बिहिबार ०३:३०