सुनको मूल्य आज एकैदिन ३ हजार ९ रुपैयाँले बढ्यो, हेर्नुहोस तोलाको कति छ ?

सुनको मूल्य आज एकैदिन ३ हजार ९ रुपैयाँले बढ्यो, हेर्नुहोस तोलाको कति छ  ?
२०८१ चैत २८ गते शुक्रबार १२:३३

नेपाली बजारमा सुनको मूल्यले एकपछि अर्को रेकर्ड कायम गर्दै आएको छ । आज एकैदिन सुन तोलामा ३ हजार ९०० रुपैयाँले बढेर फेरि नयाँ रेकर्ड कायम गरेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज ३ हजार ९०० रुपैयाँले बढेको सुन तोलाको...

नेपाली बजारमा सुनको मूल्यले एकपछि अर्को रेकर्ड कायम गर्दै आएको छ ।

आज एकैदिन सुन तोलामा ३ हजार ९०० रुपैयाँले बढेर फेरि नयाँ रेकर्ड कायम गरेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज ३ हजार ९०० रुपैयाँले बढेको सुन तोलाको १ लाख ८५ हजार पुगेको छ । अघिल्लो दिन बिहीबार एक तोला सुनको मूल्य १ लाख ८१ हजार ३०० रुपैयाँ कायम भएको थियो ।

सुनको मूल्य बढेसँगै चाँदीको भाउ पनि बढेको छ । आज एक तोला चाँदीको मूल्य १९ सय ५ रुपैयाँ पुगेको छ । बिहीबार प्रतितोला चाँदी १९ सय रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति २०८१ चैत २८ गते शुक्रबार १२:३३
प्रतिक्रिया दिनुहोस्