राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थुनामा पठाउने उच्च अदालतको आदेशविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ।
लामिछानेकी श्रीमती निकिता पौडेलले शुक्रबार सर्वोच्चमा रिट निवेदन दर्ता गराएकी हुन्।
लामिछानेलाई उच्च अदालत तुलसीपुरको बुटवल इजलासले सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो।
न्यायाधीश रमेश ढकाल र स्वीकृति पराजुलीको इजलासले लामिछानेलाई धरौटीमा छाड्ने जिल्ला अदालत रुपन्देहीको आदेश उल्टाउँदै थुनामा पठाउन आदेश दिएको थियो।
यसअघि जिल्ला अदालतले बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा लामिछानेलाई एक करोड रुपैयाँ धरौटीमा छाडेको थियो।
प्रकाशित मिति २०८१ चैत २८ गते शुक्रबार ०३:१९