नागढुङ्गा बिकास समाजको १४ औं साधारणसभा सम्पन्न

नागढुङ्गा बिकास समाजको १४ औं साधारणसभा सम्पन्न
२०८१ चैत ३० गते आईतबार ०५:०६

पोखरा, ३१ चैत/ पोखरा महानगरपालिका वडा नं. ८, नागढुङ्गा स्थित नागढुङ्गा विकास समाजले नयाँ वर्ष २०८२ को पूर्वसन्ध्यामा आफ्नो १४ औं साधारणसभा, क्यालेन्डर विमोचन, नया सदस्य वितरण तथा सम्मान कार्यक्रम संस्थाको कार्यालयमा सम्पन्न भएको...

पोखरा, ३१ चैत/ पोखरा महानगरपालिका वडा नं. ८, नागढुङ्गा स्थित नागढुङ्गा विकास समाजले नयाँ वर्ष २०८२ को पूर्वसन्ध्यामा आफ्नो १४ औं साधारणसभा, क्यालेन्डर विमोचन, नया सदस्य वितरण तथा सम्मान कार्यक्रम संस्थाको कार्यालयमा सम्पन्न भएको छ ।पोखरा–८ का वडा अध्यक्ष रुद्रनाथ बरालको प्रमुख आतित्यतामा सम्पन्न उक्त कार्यक्रममा वडा सदस्य हिराकाजी श्रेष्ठ र पबित्रा के.सी. को समेत उपस्थिति रहेको थियो । प्रमुख अतिथिको मन्तब्य राख्दै नागढुङ्गा विकास समाजले सामाजिक जागरण, स्वास्थ, सुरक्षा र कौसिखेति प्रवद्र्धनमा अनुकरणिय कार्य गरेको र आगामी बर्षमा पनि योजनाबद्ध ढंगबाट कार्य गर्न वडा कार्यालय साथमा रहेको बताउनु भयो।वडा सदस्य पबित्रा के.सी.ले महिला दिदिबहिनिको कृयाशिलता अत्यान्तै सह्रानीय रहेको वहाँहरुको सकृयताले वडा कार्यालयलाई सहयोग पुगेको बताउनु भयो ।कार्यक्रममा लक्ष्मि मुल्मी, इश्वरी शर्मा, संस्थापक अध्यक्ष एक नारायण शर्मा र रमेश प्रसाद ढकालले शुभकामना मन्तब्य राखेका थिए।ब्यानरमा हस्ताक्षर गरि सुरु भएको कार्यक्रममा वडा अध्यक्ष, वडा सदस्य, कानुनि सल्लाहकार भिमनाथ बराल, अध्यक्ष डम्मर राज सुवेदी तथा जेष्ट नागरिक लिला देबि बरालले संयुक्त रुपमा टेबल क्यालेण्डर बिमोचन गरेका थिए ।

उक्त अवसरान सचिब श्याम बहादुर श्रेष्ठले पेस गरेको प्रगती बिबरण सर्बसम्मतिले पारित भएको थियो । लायन्स क्लब डिष्ट्रिक गर्भनर निर्बाचित सस्थाका सस्थापक अध्यक्ष एक नारायण शर्मालाई सम्मान गरिएको थियो भने सरसफाइमा योगदान पु¥याएवापत स्थानिय मैता देबि गुरुङलाई सम्मान र नया आजिबन सदस्य शान्त लामिछानेलाई प्रमान पत्र दिइएको थियो । क्यालेण्डर सुल्क प्रायोजन गर्ने नाङचा गुरुङ, बुद्धिलाल ज्वारचन, धनसम्सेर गुरुङ र संस्थापक अध्यक्षलाई धन्यबाद सहित खादा ओढाएर सम्मान गरिएको थियो।कार्यक्रमा समापन मन्तब्य राख्दै अध्यक्ष डम्मर राज सुबेदिले सबै टोलबासीलाई धन्यबाद दिदै समाज सेबाको भाबले आफु खुसि रहेको र सदैब समाजसेबामा लागिरहने प्रतिबद्धता ब्यक्त गर्नु भयो । उक्त कार्यक्रममा कोषाध्यक्ष रिना थापाले स्वागत मन्तब्य राख्नुका साथै सचिब श्याम बहादुर श्रेष्ठले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।

प्रकाशित मिति २०८१ चैत ३० गते आईतबार ०५:०६
प्रतिक्रिया दिनुहोस्