अन्नपूर्णकर्मि नारायण पौडेललाई पितृ शोक

अन्नपूर्णकर्मि नारायण पौडेललाई पितृ शोक
२०८२ बैशाख १ गते सोमबार ०४:३८

पोखरा, १ वैशाख/ रेडियो अन्नपूर्णका मार्केटिङ म्यानेजर नारायण पौडेललाई पितृ शोक परेको छ ।पोखरा महानगरपालिका वडा नं २५ निवासि समाजसेवी खिमलाल पौडेलको गएराति ७९ वर्षको उमेरमा निधन भएको हो ।पौडेलको निधनप्रति रेडियो अन्नपूर्णले दुःख...

पोखरा, १ वैशाख/ रेडियो अन्नपूर्णका मार्केटिङ म्यानेजर नारायण पौडेललाई पितृ शोक परेको छ ।पोखरा महानगरपालिका वडा नं २५ निवासि समाजसेवी खिमलाल पौडेलको गएराति ७९ वर्षको उमेरमा निधन भएको हो ।पौडेलको निधनप्रति रेडियो अन्नपूर्णले दुःख व्यक्त गरेको छ । साथै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ ।स्व।पौडेलकी एक श्रीमती, तीन छोरा शीव, कृष्ण र नारायण रहेका छन् ।

तीन छोरीहरू, नातीहरू, नातिनीहरु र पनातीहरु रहेका छन् ।समाजमा मिलनसार, समाजसेवी स्व। पौडेलको जन्म २००३ साल श्रावण १ गते बुबा स्व।राधाकृष्ण पौडेल र आमा स्व।तिलोचना पौडेलको कोखबाट भएको थियो।समाजमा ज्ञानका कुरा, अध्यात्म र सत्मार्गका कुरा गर्ने पौडेलले गएको वर्ष कृयापुत्री तथा सामुदायिक भवन निर्माणको लागि निःशुल्क रुपमा जग्गा प्रदान गरेका थिए ।पौडेलको पार्थिव शरिरको आज पोखरा महानगरपालिका वडा नं २५ को बाबियातरास्थित शुक्ला गण्डकी घाटमा अन्तिम संस्कार गरिएको छ । सो अवसरमा जेठा छोरा शीव तथा कान्छा नारायणले दागबत्ती दिएका थिए ।

प्रकाशित मिति २०८२ बैशाख १ गते सोमबार ०४:३८
प्रतिक्रिया दिनुहोस्