ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञ पोखरा महानगरपालिका वार्ड नं. १७ को विरौटामा आज भुमि पुजन भएको छ ।
कोटिहोमस्थलको सुनिश्चितता भएसंगै आज पोखराको बिरौटामा भुमिपुजन भएको छ भने विधिवत रुपमा यज्ञ कुण्ड खन्न शुरु गरिएको छ। पोखरामा हुँदै गरेको गण्डकी कोटीहोमका लागि गएको फागुनको तेश्रो साता पोखराको लेकसाइडस्थित बाराहीघाटमा भुमिपुजन गरिएको थियो। तर त्यहाँ पोखरा महानगरपालिकाले कोटीहोम गर्न नदिने अडान लिएपछि अहिले आएर कोटीहोमस्त्थल परिवर्तन भएको छ | यसभन्दा अघि यही कोटीहोमका लागि भुमिपुजन गरिएको पोखराको बाराहीघाटमा आजै क्षमापुजा गरिएको छ।
कोटिहोम महायज्ञ सञ्चालन हुने श्री शिद्धेश्वर हरिहर मन्दिरको भूमीमा आज बिहान ठीक ११ बजेर १ मिनेटमा भूमी पुजन गरिएको छ । नेपाल पञ्चाङ्ग विकास समिती नेपालले दिएको उत्तम शाइतमा नै भूमी पुजनको कार्य सम्पन्न भएको छ । आज ठीक ११ः११ बजे विधिवत रुपमा यज्ञ कुण्ड खनिएको हो ।
आज भएको उक्त भूमी पुजन कार्यक्रममा विभिन्न स्वामी , पोखरा महानगरपालिका १७ का अध्यक्ष राधिका शाही,वार्ड नं. १७ मा रहेका विभिन्न सामाजिक संघसस्थाका प्रतिनिधी अनि आमा समूहका प्रतिनिधिहरुको उपस्थित रहेको थियो ।










