जिसस बागलुङको टोलीद्धारा बडिगाडका विभिन्न आयोजनाहरुको अनुगमन

जिसस बागलुङको टोलीद्धारा बडिगाडका विभिन्न आयोजनाहरुको अनुगमन
२०७८ असार ७ गते सोमबार ०५:५२

जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुंगाना तथा उपप्रमुख विष्णु भुसाल सहितको टोलीले बडिगाड गाउँपालिका भित्रका विभिन्न आयोजनाहरुको अनुगमन गरेको छ । टोलीले बडिगाड गाउँपालिकाको प्रशासकिय भवन, कवर्ड हल, वडा कार्यालय,...

जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुंगाना तथा उपप्रमुख विष्णु भुसाल सहितको टोलीले बडिगाड गाउँपालिका भित्रका विभिन्न आयोजनाहरुको अनुगमन गरेको छ ।

टोलीले बडिगाड गाउँपालिकाको प्रशासकिय भवन, कवर्ड हल, वडा कार्यालय, भिमगिठेको पदमार्ग, खर्वाङको त्रिभुवन नमुना माविको भवन लगाएतका योजना अनुगमन गरेको हो । सो अनुगमनमा बडिगाड गाउँपालिकाका प्रमुख मेहरसिंह पाइजा, प्रमुख प्रशासकिय अधिकृत बालाकृष्ण सुवेदी लगाएतको सहभागिता रहेको थियो ।

समन्वय समितिका प्रमुख तथा उपप्रमुखको टोलीले जिल्लाको बडिगाड गाउँपालिका सहित बरेङ गाउँपालिकाको अनुगमन तथा गाउँसभामा सहभागि भएको थियो ।

प्रकाशित मिति २०७८ असार ७ गते सोमबार ०५:५२
प्रतिक्रिया दिनुहोस्