अनेमसंघ पोखरा २१ ले नव बर्ष २०८२ को अवसरमा शुभकामना आदान प्रदान तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ।अनेमसंघ २१ का अध्यक्ष सरस्वती हमालको अध्यक्ष्यतामा भएको कार्यक्रममा प्रमुख अतिथी एवम् प्रमुख प्रशिक्षक अनेमसंघ गण्डकी प्रदेश कमिटी अध्यक्ष हिरा गिरीले नयाँ बर्ष आरम्भ संगै शुभकामना आदान प्रदान तथा प्रशिक्षण कार्यक्रम राखेकोमा अनेमसंघ २१ लाई धन्यवाद सहित शुभकामना ब्यक्त गर्दै २००८ सालमा स्थापित अनेमसंघले महिला हक अधिकारका लागि सरकार संग हरेक समयमा बिभिन्न मुद्दाहरु उठाउदै सरकारका हरेक क्षेत्रमा ३३ प्रतिशत महिला सहभागिताको सुनिश्चितता तथा स्थानिय तहमा ४० प्रतिशत महिला सहभागिताको सुनिश्चिततालाई निर्णय गरेर कार्यान्वयनमा ल्याएको बताइन।महिलाहरु घरका हरेक जिम्मेवारी पूरा गर्दै नेतृत्वमा पुगेर, नेतृत्वमा पनि उत्कृष्ट कार्यसम्पादन गर्न सफल रहेको जानकारी गराउदै हक ,अधिकार ,बिकास र समृद्धिका लागि महिलाहरु बिचारमा दृण भएर निरन्तर लाग्नु पर्ने बताईन।कार्यक्रममा अनेमसंघ जिल्ला अध्यक्ष एवम् प्रशिक्षक गिता बिश्वकर्मा, लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालका केन्द्रीय सदस्य राम बहादुर गुरुङ्ग,नेकपा एमाले २१ का अध्यक्ष राजेन्द्र थापा लगाएतले शुभकामना ब्यक्त गरेका थिए।कार्यक्रममा स्वागत कोषाध्यक्ष मिना अधिकारीले तथा सन्चालन सचिव लक्ष्मी सुवेदी अधिकारीले गरेकी थिईन।










