विश्व हिन्दुमहासँघ गण्डकी प्रदेश समितिले बैशाख ३ गते बुधबार आप्नो साँस्क्रितिक समिति गठन गरेको छ। पोखरा -५, प्रस्याङ, बगैँचा पार्कमा भएको उक्त कार्यक्रममा प्रमुख आमन्त्रित व्यक्तित्व वाचन प्रवीण पँ दीनबन्धु पोख्रेलले नेपाल वेद र वुद्धको भूमि भएको कुरा औल्याउनु भयो।
।
महासँघका अध्यक्ष मुक्तिराम अधिकारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रदेश सदस्य शिव वरालले स्वागत मन्तव्य दिनुका साथै वैदिक धर्म परिषद नेपालका अध्यक्ष वेदनिधि शर्मा, महासँघका वरिष्ठ उपाध्यक्ष शँकर खराल, उपाध्यक्ष पार्वता पौडेल, केन्द्रीय सदस्य सूर्यप्रसाद भण्डारी, सल्लाहकार भेषराज पराजुली, प्राज्ञ प्रजापति पराजुली, लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो। पोखराका स्थानीय आमा समूह र भजन समुहहरूको समेत उपस्थिति रहेको सो कार्यक्रममा शिव वरालको अध्यक्षता ३३ सदस्यीय साँस्क्रितिक समिति गठन भएको छ। समिति गठन पश्चात् नव निर्वाचित महासचिव हरिराज कोइरालाले बधाई दिने सवैलाई धन्यवाद दिनुका साथै आगामी कार्यक्रमहरू र समितिका भावी योजनाहरू बताउदै प्रदेशका एघारवटै जिल्लाहरूमा साँस्क्रितिक समिति बिस्तार गरिने स्प्रष्ट पार्नु भयो। समितिले भजन क्रितनका माध्यमबाट महाँघलका कार्यक्रमहरूलाई आकर्षक बनाउने, सत्सँग सँचालन गर्ने, स्थानीय प्रौढहरूलाई तीर्थाटन गराउने र देवीदेवताका मन्दिरहरूमा महाआरतिहरू गराउदै आएको छ।
कार्यक्रममा जिल्ला अध्यक्ष जगन्नाथ कोइराला, रविन्द्र माकाजु, प्रेम बहादुर जि सी, गणेश थापा लगायतका विशिष्ठ व्यक्तिहरूको उपस्थिति रहेको थियो। अध्यक्ष अधिकारीले सनातन धर्म सँस्क्रितिको जगेर्ना गर्नु सवै सनातनीहरूको दायित्व भएको कुरा औल्याउनु भयो। कार्यक्रम महासँघका प्रदेश सचिव डा. ज्यो. हरिश्चन्द्र भण्डारीले सँचालन गर्नुभएको थियो।











