कास्कीको अन्नपूर्ण गाउँपालिकामा चट्याङले लागेर दुई मजदुरको मृत्यु

कास्कीको अन्नपूर्ण गाउँपालिकामा चट्याङले लागेर दुई मजदुरको मृत्यु
२०८२ बैशाख १४ गते आईतबार ०६:४२

अन्नपूर्ण गाउँपालिकास्थित त्रिवेणी ताल (हिडन लेक) पदमार्गमा काम गर्न गएका दुई जना मजदुरको चट्याङ लागेर मृत्यु भएको हो । मृत्यु हुनेमा संखुवासभाको सिलिचुङ गाउँपालिका–२ का भरतकुमार राई र महेश राई रहेको स्थानीयले बताएका छन्। पदमार्गको...

अन्नपूर्ण गाउँपालिकास्थित त्रिवेणी ताल (हिडन लेक) पदमार्गमा काम गर्न गएका दुई जना मजदुरको चट्याङ लागेर मृत्यु भएको हो । मृत्यु हुनेमा संखुवासभाको सिलिचुङ गाउँपालिका–२ का भरतकुमार राई र महेश राई रहेको स्थानीयले बताएका छन्।

पदमार्गको दोबाटोमा होटल व्यवसायी एवं पदमार्ग निर्माण समितिका अध्यक्ष राजमान गुरुङका अनुसार , त्रिवेणीताल पदमार्गको चिमाङ्गीमा सिढी लगाउने, रेलिङ हाल्ने र पदमार्ग फराकिलो बनाउन काम आइतबारदेखि थालिएको थियो। दिउँसो असिनापानी र भयंकर चट्याङ परेको स्मरण गर्दै अध्यक्ष गुरुङले अघि भने , “‘चट्याङ लागेर २ जना मजदुर भाइहरूको दु:खद मृत्यु भएको छ।’

असिनापानी परेपछि उक्त क्षेत्रमा हिमपात भएको पनि गुरूङले बताए। समुन्द्री सतहदेखि ३८०० मिटर उचाइँमा भएको घटनामा हिमपात भएकाले शव निकाल्न मुस्किल भएको पनि उनले बताए।

पदमार्गको स्तरोन्नती गर्न पर्यटन बोर्ड गण्डकी र गाउँपालिकाले १८ लाख रुपैयाँ सहयोग गरेको थियो।

प्रकाशित मिति २०८२ बैशाख १४ गते आईतबार ०६:४२
प्रतिक्रिया दिनुहोस्