पोखरा, बैशाख १५/ पोखरामा रहेर उतकृष्ट र भरभर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको पोखरा इन्टरनेटले नयाँ बर्ष २०८२ सालको अवसर पारेर ल्याको “नयाँ बर्ष बिशेष अफर” कार्यक्रम आज सोमबार बैशाख १५ गतेबाट सकिन लागेको छ । आजको अन्तिम दिनमा पनि इन्टरनेटले अफरको लाभ लिन ग्राहक लाई पुन अनुरोध गरेको छ ।
“नयाँ वर्ष अफर पोखरा इन्टरनेटसँगै रमाइलो इन्टरनेट अनुभव” भन्ने नारानै बनाएर इन्टरनेटले बिभिन्न अफरहरु ल्याएको थियो । आजको दिन सम्म धेरैले ग्राहकहरुले यो अफर मार्फत लाभ लिइसकेको इन्टरनेटकि मार्केटिङ एसिस्टेन दिपा दुलालले जानकारी दिइन्।अफरमा ग्राहाकले १ बर्षको प्याकेजमा फ्रि इन्स्टलेसन सगैँ गिफ्ट पनि प्राप्त गर्ने छन् भने अन्य अफर अन्तरर्गत ५० एमबिपिएस मा टु जि डिभाइस मात्रै ६ हजार ५ सय र १०० एमबिपिएस मा फाइभ जि डिभाइस मात्रै सात हजार ५ सयमा उपलब्ध हुने दुलालले उल्लेख गरिन । यस्तै अफरको साथमा मुभि टिकट, बाराहि बेकरीबाट गिफ्ट र १ महिनाको निःशुल्क इन्टरनेट सेवा प्रदान गरिएको दुलालको भनाई छ । इन्टरनेटले समय समयमा बिभिन्न अफरहरु ग्राहक समक्ष प्रदान गर्दै आइरहेको छ । पोखरामा स्थापना भएको पोखरा इन्टरनेटले गण्डकी प्रदशेका सबै जिल्लामा आफ्नो सेवा बिस्तार गरेर इन्टरनेट प्रदान गर्दै आइरहेको छ ।










