पोखरा बैशााख १५/ पोखरा महानगरपालिकाले नयाँ शैक्षिक सत्र २०८२ को पठन–पाठन वैशाख १७ गतेसम्ममा सुरु गर्न विद्यालयलाई निर्देशन दिइएको छ ।पोखरा महानगरपालिका, नगर शिक्षा समितिको आइतबार बसेको बैठकले वैशाख १७ गतेसम्ममा पठन–पाठन नियमित रूपमा सञ्चालन गर्न पत्राचार गर्ने निर्णय गरेको हो ।
नेपाल शिक्षक महासंघको अगुवाइमा गत चैत २० गतेदेखि भइरहेको शिक्षक आन्दोलनले देशभरका विद्यालयहरुमा असर परेको छ । आन्दोलनका कारण विद्यालयहरुमा पठनपाठन प्रभावित भएको छ। आन्दोलनमा सहभागी शिक्षकहरु विद्यालयमा उपस्थित नहुँदा नियमित कक्षा सञ्चालन हुन सकेको छैन।
प्रकाशित मिति २०८२ बैशाख १५ गते सोमबार ०३:४२