बागलुङ जिल्लामा असार १५ गतेसम्म थपियो निषेधाज्ञा

बागलुङ जिल्लामा असार १५ गतेसम्म थपियो निषेधाज्ञा
२०७८ असार ७ गते सोमबार ११:११

बागलुङ जिल्लामा असार १५ गतेसम्मलाई नेषेधाज्ञाा थप गरिएको छ । डिसीएमसी बागलुङको सोमबार बसेको बैठकले २०७८ असार ७ गते राति १२ वजेदेखि २०७८ असार १५ गते राति १२ वजेसम्मका लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । यस अघि बैशाख ३१ गतेदेखि...

के खुल्छन् के खुल्दैनन्, यस्तो छ विवरण

बागलुङ जिल्लामा असार १५ गतेसम्मलाई नेषेधाज्ञाा थप गरिएको छ । डिसीएमसी बागलुङको सोमबार बसेको बैठकले २०७८ असार ७ गते राति १२ वजेदेखि २०७८ असार १५ गते राति १२ वजेसम्मका लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।

यस अघि बैशाख ३१ गतेदेखि जेठ ७ गतेसम्मलाई निषेधाज्ञा जारि गरेको थियो । बागलुङमा कोरोना संक्रमण न्यूनिकरणमा अझै जटिलटा देखिएको कारण देखाउँदै अझै एक साता समय थप गर्ने निर्णय गरेको छ । बैठकले गरेका निर्णयलाई परिपालना गर्न जिल्ला सुरक्षा समितिलाई परिपत्र गरिसकेको जिल्ला प्रशासन कार्यालय बागलुङका प्रमुख जिल्ला अधिकारी शिव कुमार कार्कीले बताउनुभयो ।

स्मार्ट लकडाउनको अभ्यास गर्ने गृह मन्त्रालयको निर्देशन अनुसार बागलुङमा पनि यस अघिको भन्दा फरक तरिकाले निषेधाज्ञा गरिने भएको छ । अघिल्लोमा निषेधाज्ञामा परिपालना गरिएको जस्तै यस पटकपछि अनावश्यक हिंडडुल गर्न नपाईने, भिडभाड गर्न नपाईने, अत्यावश्यक कामले घर बाहिर जानुपर्ने भएमा अनिवार्य मास्कको प्रयोग गरिनुपर्ने, कुनै प्रकारको कार्यक्रम सभा, गोष्ठि, सम्मेलन, जमघट, विवाह, भोजभतेर, तालिम, सेमिनार, जात्रा महोत्सव मेला गर्न नपाईने निर्देशन गरिएको छ ।

एम्बुलेन्स, दमकल, शववहान, खाद्यसामाग्री तथा पशुपंक्षीका दाना, तरकारी, फलफूल, दुग्धजन्य वस्तु उत्पादन तथा वितरण, माछा, मासु, पानी, बीउ विजन, कृषि उपज, ग्यास तथा पेट्रोलिएम पदार्थ र निर्माण सामाग्री बेकेका सवारी साधनहरु, चिकित्सक तथा स्वास्थ्यकर्मीले डिउटिमा जाने आउने, प्रेसपास तथा परिचयपत्र वाहक सञ्चारकर्मीले प्रयोग गरेका सवारी बाहेकका प्रयोजनमा सवारी सञ्चालन हुनेछैनन् ।

औषधि तथा स्वास्थ्य सामाग्रीका पसलहरु २४सै घण्टा सञ्चालनमा आउनेछन् । नीजी सवारी साधन (साना चार पाँग्रे र दुई पाँग्रेका हकमा) अत्यावश्यकका सवालमा जोर नम्बर भए जोर गते र विजोर नम्बर भए विजोर गते सञ्चालनमा आउनेछन् । साना चार पाँग्रे सवारीमा चालक सहित ४ जना सवार गर्न सक्नेछन् । तर सार्वजनिक सवारी भने सञ्चालनमा आउनेछैनन् ।

सिनेमाहल, पार्टि प्यालेस, पार्क, फूटसल, खेलकुद् स्थल, जिमखाना, पिटनेश सेन्टर व्यूटिपार्लर, सैलुन, फुटपाथ पसलहरु, ट्रेनिङ सेन्टर लगायतका सेवा दिने स्थलहरु सञ्चालन गर्न नपाइने भएको छ ।
होटल रेस्टुरेन्ट, चिया तथा खाजा पसल, होम डेलिभरी, अनलाईन डेलिभरी मार्फत दिउँसो १२ वजेसम्म सञ्चालनमा आउन सक्ने समय सिमा तोकिएको छ । बैंक तथा वित्तिय संस्था, खाद्य पसल, तरकारी, तथा मासु पसलहरु भने अघिल्लो पटक जस्तै हस्ताको चार बार विहान ९ वजेदेखि दिउँसो १२ वजेसम्म स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरि सञ्चालन गर्न अनुमति दिइएको छ । त्यसो नगरेको पाइएमा नियमानुसार कार्वाहीमा कडाई गरिने उल्लेख गरिएको छ ।

सार्वजनिक निर्माण योजनाहरु स्वास्थ्य सूरक्षा पालना गरि सञ्चालनमा आउने भएका छन् । विवाह बर्तबन्धमा ७ जना भन्दा बढीको भेटघाट गर्न नपाइने भएको छ । जिल्लाबाट अन्यत्र जाँदा कसैलाई पनि पासको प्रबन्ध नहुने तर अत्यावश्यक काम परेको खण्डमा आवश्क कागजात देखाइ जान सकिने प्रबन्ध गरिएको छ ।

निशेधाज्ञामा जारि गरिएका निर्देशन पालना नगरेको अवस्था प्रमाणित भएमा स्थानीय प्रशासन ऐन २०२८, संक्रामक रोग ऐन २०२८ एवम् अन्य प्रचलित कानून बमोजिम कार्वाही हुने स्पष्ट गरिएको छ ।

प्रकाशित मिति २०७८ असार ७ गते सोमबार ११:११
प्रतिक्रिया दिनुहोस्