८८३ औ कालू थापा जन्मजयन्ती कार्यक्रम पोखरा २१ बक्रेकमा सम्पन्न

८८३ औ कालू थापा जन्मजयन्ती कार्यक्रम पोखरा २१ बक्रेकमा सम्पन्न
२०८२ बैशाख २२ गते सोमबार ०७:११

आत्रेय गोत्री बगाले थापा बन्धु कुल पुजा समिति पोखरा २१ बक्रेकले आज बैशाख २२ गते वगाले थापा दिवस तथा बक्रेक कुल मन्दिर प्राङ्गणमा निर्माण सम्पन्न गरिएको मुल पुरुष कालू थापाको अर्ध कदको सालिक अनावरण सहित ८८३ ओौ कालू थापा जन्मजयन्ती...

आत्रेय गोत्री बगाले थापा बन्धु कुल पुजा समिति पोखरा २१ बक्रेकले आज बैशाख २२ गते वगाले थापा दिवस तथा बक्रेक कुल मन्दिर प्राङ्गणमा निर्माण सम्पन्न गरिएको मुल पुरुष कालू थापाको अर्ध कदको सालिक अनावरण सहित ८८३ ओौ कालू थापा जन्मजयन्ती कार्यक्रम बिशेष समारोहका बिच सुसम्पन्न गरेको छ।

उक्त कार्यक्रमका अध्यक्ष , बक्रेक बगाले थापा कुल मन्दिर ब्यबस्थापन समितीका अध्यक्ष एवं बगाले थापा जिल्ला कार्य समिती कास्कीका सस्थापक अध्यक्ष मन बहादुर थापाले मुल पुरुष कालू थापाको शालिक मन्दिर परिसरमा स्थापना गर्न पाउँदा खुशि लागेको बताउदै सबैलाई धन्यवाद दिदै पुर्खाहरुको विरासतलाई भावि सन्ततिहरु सम्म चिनाउनको लागि यो सालिक र अब यहाँ निर्माणहुने पार्कले महत्वपुर्ण भुमिका खेल्ने कुरा बताउनु भयो।उक्त कार्यक्रममा बक्रेकमा कुल मन्दिर स्थापनाको लागि महत्वपुर्ण योगदान गर्नु हुने गुप्त बहादुर थापा क्षेत्रीलाई विशेष सम्मान तथा जेष्ठ नागरिक सम्मान अन्तरगत नर बहादुर थापा, रामचन्द्र थापा र लोक बहादुर थापालाई एवं मन्दिर परिसर निर्माण तर्फ सहयोग गर्नु हुने दिपक निर्माण फमका प्रोपाईटर दिपेन्द्र राज आचार्य तथा समितीका सदस्य राजेन्द्र बहादुर थापा ‘कालू’ लाई सम्मान गरिएको थियो।यस कार्यक्रममा वगाले थापा जिल्ला कार्य समित कास्कीका अध्यक्ष मोहन बहादुर थापा (पोखरा १६), निवर्तमान अध्यक्ष कृष्ण बहादुर थापा (रुपा गाउपालिका), महासचिव सु. मोहन बहादुर थापा( पोखरा ३३) सल्लाहकार दिपक थापा (पोखरा १०), सचिव चित्रबहादुर थापा (पोखरा १६) लगायतले शुभकामना मन्तव्य राखेको कार्यक्रमा स्वागत मन्तब्य बक्रेक कुल मन्दिरका महासचिव हस्त बहादुर थापा ले राखेका थिए भने कार्यक्रमको सन्चालन कुल मन्दिर आर्थिक ब्यबस्थापन समितीका संयोजक राजेन्द्र थापाले गरेका थिए।

प्रकाशित मिति २०८२ बैशाख २२ गते सोमबार ०७:११
प्रतिक्रिया दिनुहोस्