रेडियो अन्नपूर्णले बिभिन्न कार्यक्रम गरि रजत महोत्सव मनाउने

रेडियो अन्नपूर्णले बिभिन्न कार्यक्रम गरि रजत महोत्सव मनाउने
२०८२ बैशाख २९ गते सोमबार ०९:३०

पोखरा बैशाख २९/ रेडियो अन्नपूर्ण ९३.४ मेगाहर्ज पोखराले २५ औँ वर्षमा प्रबेश गरेको अवसर पारेर बिभिन्न कार्यक्रमहरू गरि रजत बर्ष महोत्सव मनाउने भएको छ । रजत बर्ष मनाउनको लागि सोमबार बुद्ध जयन्तीको अवसर पारेर पोखरा १४बात्छीबुडुवामा...

पोखरा बैशाख २९/ रेडियो अन्नपूर्ण ९३.४ मेगाहर्ज पोखराले २५ औँ वर्षमा प्रबेश गरेको अवसर पारेर बिभिन्न कार्यक्रमहरू गरि रजत बर्ष महोत्सव मनाउने भएको छ । रजत बर्ष मनाउनको लागि सोमबार बुद्ध जयन्तीको अवसर पारेर पोखरा १४बात्छीबुडुवामा रहेको बात्स्यायन बृध्दाश्रममा खाद्यान्न तथा लत्ताकपडा सहयोग गरेको हो ।सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै रेडियोका प्रबन्धक निर्देशक सुनयना पालिखेले बुद्ध पुर्णिमाको दिन पारेर सहयोग बितरण गरिएको बताउनुभयो । उहाँले रेडियोले वर्ष भरिनै गर्ने कार्यक्रमको सुरुवात भएको घोषणा गर्दै हरेक महिनामा एक एक वटा कार्यक्रम गर्दै जाने उल्लेख गर्नुभयो।

पोखरा महानगरपालिका १४ का वडा अध्यक्ष बोधबहादुर कार्कीले रेडियो स्थापनाकाल देखि हालसम्म गरेका सामाजिक कामको प्रशंसा गर्नुभयो । उहाँले २५ औँ वर्षमा प्रवेश गरेको अवसरमा गरिएको खाद्यान्न तथा लत्ताकपडा सहयोग सह्रानीय भएको उल्लेख गर्नुभयो।
बात्स्यायन बृध्दाश्रमका व्यवस्थापन समितिका अध्यक्ष ललित बहादुर बानियाँले विभिन्न संघ संस्थाले गर्ने यस्तै सहयोगले वृद्धाश्रमको सञ्चालनमा सहयोग पुगेको बताउनुभयो । उहाँले रेडियोले सामाजिक उत्तरदायित्व अन्तर्गत गरेका कामहरुले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।

रेडियो अन्नपूर्णका संस्थापक सदस्य तथा समाचार प्रमुख आरजु बिष्ट ‘सल्यानी’ले विगत र वर्तमान अवस्थाको बारेमा अनुभव शेयर गर्नुभएको थियो । उहाँले रेडियोको त्यो बेलाको आवश्यकता र अहिको अवस्थाको बारेमा बताउनुभयो ।कार्यक्रममा रेडियोका अध्यक्ष बिश्वशंखर पालिखे, निर्देशक बिजेश पालिखे,स्टेशन म्यानेजर सञ्जय कुमार मल्ल,महा«–प्रबन्धक नारायण पौडेल लगायतले संस्थाको सहयोगले वृद्धाश्रमको सञ्चालनमा केही न केही सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । २०५८ साल बैशाख १२ गते स्थापना भएको रेडियो अन्तर्गत रेडियो पब्लिक एफएम र अनलाइन अन्नपूर्ण सञ्चालनमा रहेका छन् ।

 

प्रकाशित मिति २०८२ बैशाख २९ गते सोमबार ०९:३०
प्रतिक्रिया दिनुहोस्