पोखराको रेस्टुरेन्टबाट ५ महिलाको उद्धार, मानव वेचविखनमा संलग्न केहि पक्राउ

पोखराको रेस्टुरेन्टबाट ५ महिलाको उद्धार, मानव वेचविखनमा संलग्न केहि पक्राउ
२०८२ जेठ १ गते बुधबार ०७:०६

पोखरा बैशाख ३१/ पोखरा ८ स्थित सृजनाचोकमा रहेको ‘मनिका रेष्टुरेण्ट’मा अवैध यौन क्रियाकलाप भइरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले छापा मार्दा ५ जना महिलालाई उद्धार गरेको छ। कास्की जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले...

पोखरा बैशाख ३१/ पोखरा ८ स्थित सृजनाचोकमा रहेको ‘मनिका रेष्टुरेण्ट’मा अवैध यौन क्रियाकलाप भइरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले छापा मार्दा ५ जना महिलालाई उद्धार गरेको छ। कास्की जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले ती महिलाहरूलाई उद्धार गरी सुरक्षित आवास ९सेफ हाउस मा राखेको हो।उक्त कारबाहीका क्रममा रेष्टुरेण्ट सञ्चालकसहित ३ जनालाई मानव वेचविखन तथा ओसारपसारसम्बन्धी अभियोगमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय कास्कीले प्रेस बिज्ञप्ती मार्फत जनाएको छ ।

पक्राउ परेकामध्ये एक जना महिला रेष्टुरेण्ट सञ्चालक पदम लुङ्बा , मकवानपुरको वकैया गाउँपालिका वडा नं। ४ स्थायी बासिन्दा हुन्। उनी हाल सृजनाचोकस्थित उक्त रेष्टुरेण्ट सञ्चालन गर्दै आएका थिए।पक्राउ पर्ने अन्य दुईजनामा कास्कीको मालेपाटन निवासी तेजनारायण तिमिल्सिना र तनहुँ व्यास नगरपालिका वडा नं। ५ निवासी सलन गुरुङ छन्।

कास्की प्रहरीका प्रवक्ता डिएसपी हरिबहादुर बस्नेतका अनुसार उनीहरूलाई कास्की जिल्ला अदालतबाट मानव वेचविखन तथा ओसारपसारसम्बन्धी कसुरमा म्याद थप गरी थप अनुसन्धान प्रक्रिया अघि बढाइएको छ।प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार पीडित महिलाहरूलाई विभिन्न प्रलोभन देखाई यौन शोषणमा लगिएको आशंका गरिएको कास्की प्रहरीले जनाएको छ ।

प्रकाशित मिति २०८२ जेठ १ गते बुधबार ०७:०६
प्रतिक्रिया दिनुहोस्