पोखरा बैशाख ३१ / पोखराको विश्व शान्ति स्तुपाः नजिकैको सडकमा आज माइक्रोबस दुर्घटना भएको छ। शान्ति स्तुपाको पार्किङ भन्दा थोरै माथिको सडकमा ग १ ख ३८८६ नम्बरको माइक्रो बस पल्टदा २६ जना यात्रु रहेको बसमा ४ जना गम्भीर घाइते भएको कास्की प्रहरी सूचना अधिकारी डिएसपी हरिबहादुर बस्नेतले जानकारी दिए।यात्रुमध्ये २० जनालाई अस्पताल लगिएको छ। ६ जना गम्भिर घाइतेको अवस्था गम्भिर रहेको कास्की प्रहरीका सूचना अधिकारी एवं डिएसपी हरिबहादुर बस्नेतले बताएका छन् । घटनाको बारेमा थप बिबरण आउन बाकिँ रहेको छ ।
प्रकाशित मिति २०८२ जेठ १ गते बुधबार ०२:२५