चीनबाट ल्याउदै गरेको साढे ७ किलोभन्दा धेरै सुन बरामद

चीनबाट ल्याउदै गरेको साढे ७ किलोभन्दा धेरै सुन बरामद
२०८२ जेठ ५ गते आईतबार ०९:०६

पोखरा जेठ ४/ रसुवामा साढे सात किलोभन्दा धेरै सुन बरामद भएको छ । चीनबाट ल्याउँदै गर्दा भन्सार नाकाबाट प्रहरीले सुन बरामद गरेको हो । सात वटा बिस्कुट र केही साना टुक्रामा रहेको सुन साढे सात किलोभन्दा केही बढीजस्तो रहेको र बरामद भएको...

पोखरा जेठ ४/ रसुवामा साढे सात किलोभन्दा धेरै सुन बरामद भएको छ । चीनबाट ल्याउँदै गर्दा भन्सार नाकाबाट प्रहरीले सुन बरामद गरेको हो ।

सात वटा बिस्कुट र केही साना टुक्रामा रहेको सुन साढे सात किलोभन्दा केही बढीजस्तो रहेको र बरामद भएको सुनको परीक्षणको काम भइरहेको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले जानकारी दिनुभयो ।

स्याउ लिएर आएको कन्टेनरमा चालकको सिट नजिकै फल्स बटन बनाएर सुन राखेको पाइएको पौडेलले बताउनुभयो ।सीमावर्ती बजार केरुङबाट सुन आइरहेको छ भन्ने सुराकीका आधारमा प्रहरीले सुन बरामद गरेको हो ।

प्रकाशित मिति २०८२ जेठ ५ गते आईतबार ०९:०६
प्रतिक्रिया दिनुहोस्