नेकपा (एमाले) प्रतिनिधि सभा निर्वाचन क्षेत्र समन्वय कमिटि क्षेत्र न: २ कास्कीको पुर्ण बैठक कमिटीका अध्यक्ष भेषराज बरालको अध्यक्ष्यतामा सम्पन्न भएको छ।बैठकका प्रमुख अतिथि एमाले केन्द्रीय कमिटी सदस्य एवं कास्की इन्चार्ज कृष्ण थापाले आगामी जेष्ठ ९ गते अमरसिंह चौर पोखरामा हुने राष्ट्रिय युवा संघ नेपालको १० ओौ राष्ट्रिय महाधिवेशनको उद्घाटन कार्यक्रमा सम्माननिय प्रधानमन्त्री तथा पार्टी अध्यक्ष के पि शर्मा ओली को उपस्थिति रहने हुदा सरकारका नीति तथा कार्यक्रम, परराष्ट्र निति तथा पार्टीका धारणाहरु वारे बुझ्न कार्यक्रममा सबै पार्टी पङ्ती, शुभ चिन्तकहरुको उपस्थिति महत्वपूर्ण रहने हुदा कार्यक्रमलाई व्यवस्थित बनाउन क्षेत्र न: २ सहित कास्की जिल्ला विशेष रुपमा लाग्नु पर्ने बताउनु भयो।बैठकले कास्की क्षेत्र न: २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य बिध्या भट्टराईले सरकारको शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्रालय को मन्त्री भएर कार्य गर्नु भएकोमा धन्यवाद दिदै कास्की क्षेत्र न: २ को बिकासमा सबै निर्वाचित जनप्रतिनिधि तथा पार्टी लाग्नु पर्ने निर्णय गरेको छ। बैठकमा केन्द्रीय सदस्य कास्की क्षेत्र न: २ इन्चार्ज मन्जु गुरुङ्ग, केन्द्रीय सदस्य कास्की २’१’ इन्चार्ज भिम कार्की , केन्द्रीय सदस्य २`२´ इन्चार्ज प्रभा कोईराला, जिल्ला अध्यक्ष बैन बहादुर क्षेत्री लगाएतले मार्गनिर्देशन गरेको बैठकमा स्वागत उपाध्यक्ष वलराम आचार्यले तथा सन्चालन सचिव झपट रानाभाटले गरेका थिए।













