पोखरा जेठ ११/नेपाल राष्ट्रिय भू.पू सैनिक तथा प्रहरी सगठन (नेपोन) गण्डकी प्रदेश कमिटिको जिम्मेवारी बाँडफाँड र सम्मान कार्यक्रम सम्पन्न भएको छ ।संस्थाले गएको जेठ १० गते शनिवार एक कार्यक्रमको आयोजना गरि संस्थाको प्रदेश तहमा रिक्त पदमा जिम्मेवारी तथा केन्द्रीय कमिटीको छैटौं महाधिवेशनवाट गण्डकी प्रदेश अन्तर्गतका निर्वाचित केन्द्रीय सदस्यहरुलाई सम्मान कार्यक्रम सम्पन्न गरेको नेपोन जिल्ला कोषाध्यक्ष बिजय गुरुङले जानकारी दिए ।
प्रदेश कमिटीको उपाध्यक्ष रुद्र बहादुर क्षेत्री केन्द्रीय कमिटीको सदस्यमा निर्वाचित भएकोले उक्त रिक्त रहेको पदमा प्रदेश कमिटीका सचिव चेत बहादुर रावल (प्रविन) र रिक्त हुन गएको सचिव पदमा अवकाश प्राप्त प्र.ना.उ. डिएस पि राजेन्द्र अधिकारीलाई मनोनयन गरिएको हो । कार्यक्रममा केन्द्रीय सदश्यहरुलाई सम्मान समेत गरिएको थियो ।
२०४७ सालमा स्थापनाको भएको सस्थाले निकट भविष्यमा गण्डकी प्रदेश अन्तर्गतको जिल्लाहरुमा यस संगठन नेपोनको विस्तार गर्न भनि केन्द्रीय सदस्यहरुलाई जिम्मेवारी बाँडफाँड गरि विस्तार गर्ने निर्णय गरियो। वैठकको प्रमुख अतिथि नेपोनका केन्द्रीय उपाध्यक्ष क्याप्टेन लालकाजी गुरुङ र विशेष अतिथि महासचिव मदन केसी रहनुभएको थियो । गण्डकी प्रदेश नेपोनको अध्यक्ष सत्यराज सापकोटाको अध्यक्षतामा भएको वैठकको संचालन नेपोन गण्डकीका सचिवालय सदस्य चन्द्र बहादुर भुजेलले गर्नु भएको थियो । नेपोनको स्थापना आज भन्दा ३५ वर्ष अगाडि २०४७ सालमा भएको थियो । नेकपा एमालेको वर्गीय संगठनको रुपमा स्थापित नेपोनको नेपाल प्रहरीसङ्ग सहकार्य गरि लागु औषध नियन्त्रण र टोलटोलमा जनचेतना अभिवृद्धि गर्दै सभ्य समाज निर्माण गर्ने उदेश्य रहेको छ ।हालसम्म नेपोनले प्रहरी सङ्गको हातेमालोमा विभिन्न टोल, गाउँ र शहरमा आम नागरिकलाई विभिन्न खालका सचेतना फैलाउने कार्यहरु गर्दै आइरहेको छ ।












