पोखरा इन्टरनेटको नयाँ अफर साथी रिफर गर्दा इन्टरनेट सेवा नि:शुल्क

पोखरा इन्टरनेटको नयाँ अफर साथी रिफर गर्दा इन्टरनेट सेवा नि:शुल्क
२०८२ जेठ २३ गते बिहिबार १२:५०

पोखरा, जेठ २२/ पोखराको अग्रणी इन्टरनेट सेवा प्रदायक संस्था पोखरा इन्टरनेटले नयाँ अफरको शुरुवात गरेको छ । अफर अन्तरर्गत आफ्नो साथीलाई रिफर गर्दा इन्टरनेट सेवा निशुल्क प्राप्त गर्न सकिने इन्टरनेटकि मार्केटिङ एसिस्टेन दिपा दुलालले...

पोखरा, जेठ २२/ पोखराको अग्रणी इन्टरनेट सेवा प्रदायक संस्था पोखरा इन्टरनेटले नयाँ अफरको शुरुवात गरेको छ । अफर अन्तरर्गत आफ्नो साथीलाई रिफर गर्दा इन्टरनेट सेवा निशुल्क प्राप्त गर्न सकिने इन्टरनेटकि मार्केटिङ एसिस्टेन दिपा दुलालले जानकारी दिइन्।

अफरको अन्तरर्गत कम्पनीको नियम अनुसार एक जना साथी सिफारिस गर्दा प्रयोगकर्ताले २ महिनाको निःशुल्क इन्टरनेट सेवा प्राप्त गर्न सक्नेछन्। त्यस्तै ५ जना साथीहरू सिफारिस गर्दा भने, पुरै १ वर्षको निःशुल्क इन्टरनेट सेवा प्राप्त गर्न सकिने एसिस्टेन दुलालले उल्लेख गरिन् ।इन्टरनेटले समय समयमा बिभिन्न अफरहरु ग्राहक समक्ष प्रदान गर्दै आइरहेको छ । पोखरामा स्थापना भएको पोखरा इन्टरनेटले गण्डकी प्रदशेका सबै जिल्लामा आफ्नो सेवा बिस्तार गरेर इन्टरनेट प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित मिति २०८२ जेठ २३ गते बिहिबार १२:५०
प्रतिक्रिया दिनुहोस्