स्याङ्जा जेठ २२. गण्डकी प्रदेश सरकार अन्तर्गतको सामाजिक विकास कार्यालय स्याङ्जाले आयोजना गरेको सिर्जनात्मक लेखन प्रतियोगितामा अर्जुनचौपारी चिल्ड्रेन्स एकेडेमीका छात्र गगन ढकाल सर्वोत्कृष्ट बनेका छन । उनी जिल्लामै सर्वोत्कृष्ट बनेका हुन । प्रतियोगितामा कालीगण्डकी गाउपालिकाको भवानी माध्यमिक विद्यालय कि छात्रा पल्पसा घले द्धितीय र आधिखोला गाउपालिकाको शारदा मन्दिर माध्यमिक विद्यालय कि छात्रा रोशनी ढकाल तृतिय भएकी छन । पुतलीबजार नगरपालिकाको सरस्वती माध्यमिक विद्यालय की छात्रा सृष्टि शर्माले सान्त्वना स्थान प्राप्त गरेकि छन ।
सामाजिक विकास कार्यालय स्याङ्जाले जिल्लाका ११ वटै स्थानिय तहमा पुगेर सिर्जनात्मक लेखन प्रतियोगिता सम्पन्न गरेको थियो । सो प्रतिगिताका उत्कृष्ट तीन जना विद्यार्थीहरु छनौट गरी जम्मा ३४ जना बिद्यार्थीहरुबीच बिहिबार “वातावरण संरक्षणमा मेरो दायित्व” शिर्षकमा मा जिल्ला स्तरीय प्रतियोगिता भएको हो ।
कार्यक्रममा पुरस्कार वितरण गर्दै प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्यालले बालबालिकामा सकारात्मक भावना विकास सँगै बालबालिकाहरुमा रहेको अन्तरनिहित प्रतिभालाई प्रष्फुटन गर्न सिर्जनात्मक लेखन प्रतियोगिताले सहयोग गर्ने विश्वास व्यक्त गरे । सो अवसरमा सामाजिक विकास कार्यालय स्याङ्जाका प्रमुख जीवन पौडेलले बालबालिकाको मौलिक विचारहरूलाई कलात्मक रूपमा लेखाइको माध्यमले अरु समक्ष पुऱ्याउन, तार्किक क्षमताको विकास गर्नमा सिर्जनात्मक लेखन कार्यशालाले महत्वपूर्ण भूमिका खेल्ने दाबी गरे ।
जिल्ला समन्वय समितिको सभाहलमा भएको सो कार्यक्रममा जिल्ला समन्वय अधिकारी नवराज बराल , स्थानीय तहका शिक्षा शाखा प्रमुख एवम प्रतिनिधि र शिक्षकहरुको उपस्थिती रहेको थियो । प्रतियोगिताको मुल्यांकन शिक्षकद्धय अमृत रेग्मी र पुन्य प्रसाद पौडेलले गरेका थिए । सामाजिक विकास कार्यालय स्याङ्जाका प्रमुख जीवन पौडेललको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन सहायक प्रशासकिय अधिकृत द्रोण प्रसाद पनेरुले गरेका थिए ।










