निसीखोलाका क्यान्सर पीडितलाई इन्द्रेणीको सहयोग

निसीखोलाका क्यान्सर पीडितलाई इन्द्रेणीको सहयोग
२०७८ असार ९ गते बुधबार ०२:०१

निसीखोला गाउँपालिका वडा नं. ४ का ५३ बर्षीय क्यान्सर पुरुषलाई पीडितलाई इन्द्रेणी टिमले सहयोग गरेको छ । निसीखोलाका काले खनाल विगत लामो समययता क्यान्सर जस्तो दीर्घ रोगले पीडित हुनुहुन्छ । उहाँको उपचार तथा घरखर्चका लागि इन्द्रणी...

निसीखोला गाउँपालिका वडा नं. ४ का ५३ बर्षीय क्यान्सर पुरुषलाई पीडितलाई इन्द्रेणी टिमले सहयोग गरेको छ ।

निसीखोलाका काले खनाल विगत लामो समययता क्यान्सर जस्तो दीर्घ रोगले पीडित हुनुहुन्छ । उहाँको उपचार तथा घरखर्चका लागि इन्द्रणी टिमका कृष्ण कँडेलले ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपाली मार्फत २० हजार ८ सय ५ रुपैयाँ सहयोग रकम पठाउनुभएको थियो । सो रकम नगरप्रमुख नेपालीले खनाललाई आफ्नो कार्यकक्षमा हस्तान्तरण गर्नुभएको हो ।

खनाललाई इन्द्रणी टिमले यसअघि पनि ३ लाख ७५ हजार रुपैयाँ सहयोग गरेको खनालले बताउनुभयो । आफू क्सान्सर मात्र नभई अन्य रोगले समस्याग्रस्त भएको उहाँको भनाई छ ।
क्यान्सर पीडित खनालका २ छोरी र २ छोरा, श्रीमति हुनुहुन्छ । आर्थिक अवस्था कमजोर भएका कारण उपयुक्त उपचार गर्न नसकेको उहाँले दुखेसो व्यक्त गर्नुभयो ।

सहयोग रकम बुझ्दै खनालले, इन्द्रेणी टिमले आफु जस्ता गरिव, दिनदुखीले राहत तथा सहयोग पाएको भन्दै धन्यवाद दिनुभएको छ ।

प्रकाशित मिति २०७८ असार ९ गते बुधबार ०२:०१
प्रतिक्रिया दिनुहोस्