बागलुङ नगरपालिकाको नीति कार्यक्रम

बागलुङ नगरपालिकाको नीति कार्यक्रम
२०७८ असार ९ गते बुधबार ०५:११

बागलुङ नगरपालिकाले आज नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । नगरले कोरोना महामारी नियन्त्रण र बहुबर्षे कार्यक्रमलाई प्राथमिकतादिंदै केही पुरानै योजनालाई निरन्तरता दिएको कार्यक्रम ल्याएको छ । आयोजित नवौं नगरसभामा नगरप्रमुख...

केही पुरानालाई निरन्तरता, केही बहुवर्षियमा प्राथमिकता

बागलुङ नगरपालिकाले आज नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । नगरले कोरोना महामारी नियन्त्रण र बहुबर्षे कार्यक्रमलाई प्राथमिकतादिंदै केही पुरानै योजनालाई निरन्तरता दिएको कार्यक्रम ल्याएको छ ।

आयोजित नवौं नगरसभामा नगरप्रमुख जनकराज पौडेलले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि आवश्यक बजेटको व्यवस्था गरिने उल्लेख छ ।

आधारभूत स्वास्थ्यको जिम्मेबारी लागु गर्ने, स्वास्थ्यकर्मीको लागि आवश्यक व्यवस्था गर्ने, कालोढुसीको नियन्त्रण तथा रोकथामका लागि आवश्यक तयारी थाल्ने नगरप्रमुख पौडेलले बताए । शव बहान निरन्तर सञ्चालनदेखि हरि खड्का ट्रमा सेन्टर सञ्चालनका लागि पहल गरिने कार्यक्रम स्वास्थ्य क्षेत्रमा समाबेश गरिएको छ ।

बागलुङ नगरले ‘गरिबसँग मेयर ऋषिराम’ कार्यक्रम नयाँ घोषणा गरेको छ । यस्तै कोरोना महामारीका कारण आयआर्जन गुमाएकालाई सहुलियत ऋण उपलव्ध गराउने, जोखिमपूर्ण काम गर्ने मजदुरको लागि जोखिम भत्ता, टेलिमेडिसिन सेवा र बलेवामा १५ शैयाको नगर अस्पताल बनाउने कार्यक्रम सार्वजनिक गरिएको छ ।

नगरस्तरका ९ सडक र वडा स्तरीय सडकलाई स्तारेन्नती गरि पक्कि सडकहरु मर्मत गर्ने कार्यक्रमले यो बर्ष पनि निरन्तरता पाएको छ । बागलुङ बजारका चोक सुधार, सडक मापदण्ड कायम गर्ने, व्यवस्थित पार्किङको व्यवस्था गर्ने, नीति तथा कार्यक्रममा उल्लेख छ ।
बागलुङ नगरले निरन्तरतामा पालिकामा खरको छानो विस्थापन र घरबिहिनलाई घर निर्माण गर्ने कार्यक्रम अघि सारेको छ । स्थानीय पाठ्यक्रम निर्माण, भाषा संस्कृतिको संरक्षण र प्रबर्धन, पर्यटन प्रबद्र्धनका कार्यक्रमले यस बर्ष पनि निरन्तरता पाएका छन ।

नीति कार्यक्रममा मासुका लागि चिस्यान केन्द्र निर्माण, जडिबुटी खेती प्रबर्धन कार्यक्रम, एक वडा तीन उत्पादन, युवा व्यवसायी प्रबद्र्धन कार्यक्रमलाई जोड दिईएको छ । भगत सर्वजीत सिप रोजगार प्रबद्र्धन कार्यक्रम आउँदो आर्थिक बर्षमा प्राथमिकताका साथ अघि बढाइने नीतिमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति २०७८ असार ९ गते बुधबार ०५:११
प्रतिक्रिया दिनुहोस्