पोखरा जेठ ३१/ पोखरामा होटलको छतबाट खसेर एक महिलाको ज्यान गएको छ । शुक्रबार राति पोखरा–६ डिहिकोपाटनस्थित होटलको पाँचौं तलाबाट खसेको अवस्थामा भेटिएकी हुन् । बुटवलबाट पोखरा घुम्न आएकी उनि बुटवल उपमहानगरपालिका–१७ रानीगन्जकी ३२ वर्षीय सरिता भण्डारी रहेको कास्की प्रहरीले जनाएको छ ।
उनी श्रीमान् र २ छोरासहित बिहीबार पोखरा आएकी थिइन् । मध्यराति साढे १२ बजे उनी पाँचौं तलाबाट ५५ फिट तल होटलको प्रवेशद्वारमा खसेकी थिइन् । उनलाई उपचारका लागि गण्डकी मेडिकल कलेज लगिएकामा चिकित्सकले १ बजेर २ मिनेट जाँदा मृत घोषित गरेका थिए । घटनाबारे थप अनुसन्धान जारी रहेको कास्की प्रहरीले जनाएको छ ।
प्रकाशित मिति २०८२ जेठ ३२ गते शनिवार ०५:०६