पोखराको मदरल्याण्ड स्कुलबाट ११ जनाले ल्याए सर्वोत्कृष्ट ४ जिपिए

पोखराको मदरल्याण्ड स्कुलबाट ११ जनाले ल्याए सर्वोत्कृष्ट ४ जिपिए
२०८२ असार १३ गते शुक्रबार १०:३७

पोखरा असार १३/ माध्यमिक शिक्षा परीक्षा ९एसइई० मा मदरल्याण्ड माध्यमिक विद्यालयबाट एकैचोटि ११ जना विद्यार्थीले ४।० जिपिए ल्याउन सफल भएका छन् । गत वर्ष पनि १० जना विद्यार्थीको सर्वोत्कृष्ट ४।० जिपिए आएको थियो । यस विद्यालयबाट १...

पोखरा असार १३/ माध्यमिक शिक्षा परीक्षा ९एसइई० मा मदरल्याण्ड माध्यमिक विद्यालयबाट एकैचोटि ११ जना विद्यार्थीले ४।० जिपिए ल्याउन सफल भएका छन् । गत वर्ष पनि १० जना विद्यार्थीको सर्वोत्कृष्ट ४।० जिपिए आएको थियो ।

यस विद्यालयबाट १ सय ६६ जनाले एसइई दिएका थिए । तीमध्ये ३।६ देखि ४।० जिपिएसम्म आउने १ सय ३६ जना छन् । यसैगरी, ३।२ देखि ३।६ जिपिएसम्म आउने २८ जना छन् भने १ जना विद्यार्थीको ३।०५ जिपिए आएको विद्यालयका प्लस टु इन्चार्ज नारायण आचार्यले जानकारी दिए ।

४ जिपिए आउने ११ विद्यार्थीहरुमा अभिनव पराजुली, आमन गुरुङ, आरध्ये पौडेल, दिव्या पराजुली, अर्पण पौडेल, विशेष बञ्जारा, रितिका यादव, ओशन त्रिपाठी, साक्षी भण्डारी, सभ्य मल्ल र शास्वत रेग्मी हुन् । ३।९६ जिपिए ल्याउने मात्रै १८ जना छन् ।

पोखरा ७, मासबारस्थित मदरल्याण्डले एकपछि अर्को रेकर्ड राख्दै आउनेक्रममा यसपालि पनि उत्कृष्ट नतिजा ल्याउन सफल हुँदा सिंगो विद्यालय परिवार खुसी भएको विद्यालय प्राचार्य डा। नारायण बराल बताउँछन् ।

राष्ट्रिय परीक्षा बोर्डले गत चैत महिनामा लिएको परीक्षाको शुक्रबार नतिजा सार्वजनिक गरेको हो ।

प्रकाशित मिति २०८२ असार १३ गते शुक्रबार १०:३७
प्रतिक्रिया दिनुहोस्