ताप्लेजुङमा गएराति पहिरोले घर पुरिँदा एकै परिवारका पाँचजना घाइते

ताप्लेजुङमा गएराति पहिरोले घर पुरिँदा एकै परिवारका पाँचजना घाइते
२०८२ असार १८ गते बुधबार ०९:२०

ताप्लेजुङमा गएराति पहिरोले घर पुरिँदा एकै परिवारका पाँचजना घाइते भएका छन्। सिदिङ्वा गाउँपालिका–३ मा गए राति पहिरोले घर पुरिँदा स्थानीय हस्तबहादुर कटुवालको घर पुरिँदा पाँचजना घाइते भएका छन् । घरमाथिको कुलो थुनिएर पहिरो खस्दा...

ताप्लेजुङमा गएराति पहिरोले घर पुरिँदा एकै परिवारका पाँचजना घाइते भएका छन्।

सिदिङ्वा गाउँपालिका–३ मा गए राति पहिरोले घर पुरिँदा स्थानीय हस्तबहादुर कटुवालको घर पुरिँदा पाँचजना घाइते भएका छन् । घरमाथिको कुलो थुनिएर पहिरो खस्दा घर पुरिएको हो । कटुवाल परिवारलाई छिमेकीले उद्धार गरेका थिए ।

घटनामा कटुवालकी श्रीमती ६० वर्षीया ठगमाया कटुवाल गम्भीर घाइते भएकी छन्। पहिरोका कारण हस्तबहादुर, छोरा जगत, बुहारी सरस्वता र छोरी सम्झाना कटुवाल सामान्य घाइते भएका छन्।

दिनहुँ वर्षा भइरहेकाले ताप्लेजुङमा बाढी पहिरोको डर बढेको छ ।

तस्बिर : सांकेतिक

प्रकाशित मिति २०८२ असार १८ गते बुधबार ०९:२०
प्रतिक्रिया दिनुहोस्