पोखराको मातृ शिशु मितेरी अस्पतालमा दुरबिन प्रबिधिको सर्जिकल अपरेसन र डिआर एक्सरे सेवा बिस्तार

पोखराको मातृ शिशु मितेरी अस्पतालमा दुरबिन  प्रबिधिको सर्जिकल अपरेसन र डिआर एक्सरे  सेवा बिस्तार
२०८२ असार २५ गते बुधबार ०९:०४

पोखरा २५ असार/ पोखरा महानगरपालिका–१६ मा अवस्थित मातृ–शिशु मितेरी प्रादेशिक अस्पतालले दूरबिन प्रविधिमा आधारित शल्यक्रिया र डिजिटल प्रणालीमा आधारित म्च् एक्सरे सेवा विस्तार गरेको छ। अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तथा कास्की...

पोखरा २५ असार/ पोखरा महानगरपालिका–१६ मा अवस्थित मातृ–शिशु मितेरी प्रादेशिक अस्पतालले दूरबिन प्रविधिमा आधारित शल्यक्रिया र डिजिटल प्रणालीमा आधारित म्च् एक्सरे सेवा विस्तार गरेको छ। अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तथा कास्की जिल्ला समन्वय समितिका प्रमुख लिलाधर पौडेलले बुधबार औपचारिक रूपमा सेवा शुभारम्भ गर्नुभयो। पौडेलले सेवाको विस्तारसँगै बिरामीहरूका लागि आधुनिक प्रविधिमार्फत सर्जिकल अपरेशन सहज हुने उल्लेख गर्नुभयो।
अध्यक्ष पौडेलले “गण्डकी प्रदेश सरकारको आर्थिक सहयोगमा करिब रु ९७ लाख मूल्यको द्धप् प्रणालीयुक्त शल्यक्रिया मेसिन जडान गरिएको जसले नाक–कान–घाँटी र स्त्रीरोगसम्बन्धी रोगहरूलाई छिटो र प्रभावकारी रूपमा उपचार गर्न सहयोग पुर्‍याउने जानकारी दिनुभयो। छाला काट्नु नपर्ने, प्वाल पारेर अपरेशन गर्न सकिने र सेवा छिटो छरितो हुने भएकोले बिरामीहरूको अस्पताल बसाइ समय पनि घट्ने अपेक्षा गरिएको छ।”

त्यसै गरि डीआर एक्सरे प्रणालीमा आधारित आधुनिक डिजिटल प्रविधिमा करिब रु ३४ लाखको लागतमा ५०० एम ए क्षमता हुने डि आर एक्सरे मेसिन समेत जडान गरिएको छ। यसले चिकित्सकलाई सबै प्रकारका जटिल एक्सरे परीक्षण गर्न र सबै अंगहरूको सहज, छिटो र स्पष्ट तस्वीर प्राप्त गर्न सकिने उक्त अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर धर्मदेव ढकालले जानकारी दिनुभयो।नवीनतम मेडिकल उपकरण र डिजिटल प्रविधि–सम्पन्न यी सेवागत सुधारले पोखराको मातृ–शिशु मितेरी अस्पताललाई स्वास्थ्य सेवा–क्षेत्रमा थप सशक्त बनाउने विश्वास डाक्टर ढकालले व्यक्त गर्नुभयो।।

प्रकाशित मिति २०८२ असार २५ गते बुधबार ०९:०४
प्रतिक्रिया दिनुहोस्