पोखरा असार ३२/ साताको सुनचाँदीको कारोबार हुने चौथो दिन बुधबार नेपाली बजारमा सुनचाँदीको भाउमा घटको छ । यसदिन सुन प्रतितोला रुपैयाँ १३ सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाल सुन प्रतितोला एक लाख ९३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।महासंघले यसदिन चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको जनाएको छ । चाँदी प्रतितोला दुई हजार २६० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला दुई हजार २७४ रुपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति २०८२ साउन १ गते बुधबार ०१:०२